जेनजी बिद्रोह: पर्यटन क्षेत्रमा ठुलो धक्का, व्यावसायी चिन्तित

२०८२ असोज ०५ आइतवार
सारांश
  • होटेलहरूमा धमाधम बुकिङ्ग रद्द भएका छन् भने जति मात्रामा नयाँ बुकिङ्गहरू आउनुपर्ने हो, त्यो आईरहेका छैनन।

काठमाडौँ: हालै भएको जेनजी प्रदर्शन र त्यसबाट उत्पन्न परिस्थितिका कारणले पर्यटन क्षेत्रमा निक्कै ठुलो असर गरेको छ।  नेपालको कुल  ग्राहस्थ उत्पादनमा महत्वपुर्ण स्थान ओगटेको पर्यटन क्षेत्र विगतमा भुईचालो र कोभिडका कारण विस्तारै जुर्मुराउदै थियो।  तर जेन जी विद्रोहका कारण फेरी अर्को धक्का लागेको छ। प्रदर्शनका क्रममा ठुला होटलहरूमा आक्रमण हुनु र देशका विभिन्न जेलहरूबाट हजारौं कैदीहरू भाग्नुले अन्तराष्ट्रिय समुदायमा नेपालको छवि कमजोर मात्रै बनाएको छैन, यसले नेपाल भ्रमणका लागि असुरक्षित गन्तव्यका रुपमा धकेलिएको छ।

 

हजारौं नेपालीले रोजगारी पाउने र डलर भित्र्याउने महत्वपुर्ण क्षेत्रमा धक्का लाग्दा यसले यसले समग्र अर्थतन्त्रमा कस्तो असर पर्ला भोलिको दिनमा देखिएला। यतिबेला अधिकाशं पर्यटन व्यवसायसँग सम्बन्धित कम्पनीहरूमा ठुलो मात्रामा विदेशी प्रयटकहरूले आफ्नो बुकिङ्ग रद्द गरेका छन्। यसबाट हजारौं पथप्रदर्शक गाईड, होटेल व्यवसायी र यातायात व्यवसायीहरूमा प्रत्यक्ष असर पर्ने देखिन्छ।  होटेलहरूमा धमाधम बुकिङ्ग रद्द भएका छन् भने जति मात्रामा नयाँ बुकिङ्गहरू आउनुपर्ने हो, त्यो आईरहेका छैनन।  

 

नेपाल हाईकिङ्ग टिम नामको ट्रेकिङ्ग कम्पनीमा ठुलै संख्यामा पर्यटकहरूले आफ्नो भ्रमण रद्ध गरेको जनाएको छ। कम्पनीका म्यानेजिङ्ग डाईरेक्टर गंगाराज थापाले भने "यस बर्षको शरद ऋतुमा आउने झण्डै २०-२२ समूह मध्ये ७ ओटा जतिले आफ्नो भ्रमण रद्द गरेका छन भने बाँकि ५-७ ओटाले अर्को सिजनमा आउने गरेर भ्रमणको मिति सारेका छन्। यो सिजनमा आउने पर्यटक अत्यन्त न्यून छन्। कम्पनीको बुकिङ्ग सर्त अनुसार ग्राहक (पर्यटककै कारणले) बुकिङ्ग रद्द गर्दा केहि प्रतिशत शुल्क लिएर बाँकी फिर्ता गर्ने जस्ता नियमहरू राखिएको भए पनि अहिलेको अवस्थामा हाम्रो देशमै उत्पन्न असुरक्षाको कारणले बुकिङ्ग रद्द गर्नु परेकाले हामीले धेरै पर्यटकहरूको रकम शतप्रतिशत फिर्ता गरेर नै उनीहरूको भ्रमण रद्ध गर्न बाध्य भयौं।" विदेशिहरूलाई नेपाल सुरक्षित छ भनेर संदेश प्रवाह गर्दै बुकिङ्ग रद्द नगर्न अनुरोध गरेको समेत बताए।  थापा भन्छन "धेरैलाई नेपाल सुरक्षति छ भनेर सम्झाउन खोज्यौं तर सकेनौं। 'जेलबाट हजारौं कैदीहरू भागेका छन्, हामी कसरी तिमीहरूको देश सुरक्षित छ भनेर आउँने' भनेर विदेशीहरूले प्रश्न गर्दा हामीसँग जवाफ छैन।"

 

हामीले हाम्रो सामाजिक संजाल मार्फत नेपाल सुरक्षित छ भनेर संदेश दिन हरसम्भव प्रयास गरिरहेका छौं, तर प्रयाप्त भैरहेको छैन।  सरकारले अन्तराष्ट्रिय मिडियामा नेपाल सुरक्षति छ भन्ने संदेश प्रवाह गर्यो भने वा दुतावासहरूलाई सकारात्मक संदेश दिन अनुरोध गर्यो भने त्यसले काम गर्न सक्छ थापा भन्छन। दशैको मुखमा आएर कर्मचारीहरूलाई तलब र बोनस समेत दिन अप्ठ्यारो पर्ने स्थिति आयो, उनले भने।  

 

म्याजिकल नेपाल नामको ट्रेकिङ्ग कम्पनी पथपर्दशक पर्यटनमा खातिप्राप्त कम्पनि हो। उक्त कम्पनीका अनुसार यस वर्ष बुकिङ्ग भैसकेको पर्यटकहरू मध्ये करिब १५% ले आफ्नो बुकिङ्ग क्यान्सिल गरेको बताएको छ भने यसै शरद ऋतु (अटम सिजन)का लागि ८०-९० प्रतिशतसम्म बुकिङ्गमा कमि आएको बताएको छ।

 

त्यस्तै ठमेल स्थिति होटेल मुनलाईटमा सेप्टेम्बर महिनाको बुकिङ्ग धेरै रद्द भएको साथै आगामी अक्टोबर र नोभेम्बर महिनामा बुकिङ्ग अघिल्लो वर्षको तुलनामा धेरै कमि आएको बताएको छ।  कम्पनीका म्यानेजर हरि खनालले भने "यस वर्ष अक्टोबर-नोभेम्बरमा होटेल ५० प्रतिशत पनि बुकिङ्ग नआउला कि भन्ने चिन्ता छ।"

 

नेपालको पर्यटन क्षेत्रमा योगदान पुर्याउने अष्ट्रेलिया, अमेरिका, बेलायत, सिंगापुर, क्यानाडा लगायत विभिन्न देशहरूले नेपाललाई भ्रमणका लागि जोखिमयुक्त देशको सुचिमा राखेको कारणले पनि ति देशहरूबाट आउने पर्यटकहरूमा कमि आएको बुझ्न सकिन्छ।  अमेरिकाले नेपाललाई भ्रमणको लागि लेभल ३ मा राख्दै आफ्नो यात्रामा पुनर्विचार गर्न भनेको छ भने अष्ट्रेलियाले पनि आफ्नो भ्रमणको आवश्यकतामा पुनर्विचार गर्न आफ्ना नागरिकहरूलाई अनुरोध गरेको छ। 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास

लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।

थप समाचार