काठमाडौँ उपत्यकामा पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुन आजदेखि लागू
१ मार्ग, २०८३
- सरकारले भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै पशु वधशाला स्थापना वा मासु बिक्री गर्न चाहने व्यक्ति तथा संस्थाले मंसिर १ गतेभित्र तोकिएको मापदण्ड पूरा गरी इजाजत लिनुपर्ने जनाएको थियो ।
काठमाण्डौ, ०१ मङ्सिर । नेपाल सरकारले काठमाण्डौ उपत्यकाका सबै स्थानीय तहमा आजदेखि पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुन लागू भएको छ ।
सरकारले भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै पशु वधशाला स्थापना वा मासु बिक्री गर्न चाहने व्यक्ति तथा संस्थाले मंसिर १ गतेभित्र तोकिएको मापदण्ड पूरा गरी इजाजत लिनुपर्ने जनाएको थियो ।
यो कानुन लागु भएसँगै अब पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ अनुसार मासु पसलको मापदण्ड पूरा गरी इजाजत लिन अनिवार्य भएको छ । इजाजत नलिई मासु पसल सञ्चालन वा मासु बिक्री–वितरण गरेमा १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।