- राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा कायम भएको छ ।
काठमाण्डौ, ०१ मङ्सिर । नेपाल राष्ट्र बैंकले आज मङ्गलबार मङ्सिर १ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा रहेको छ । बेलायती पाउन्ड एकको खरिददर १९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९८ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७९ रुपैयाँ १९ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६८ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४१ पैसा कायम भएको छ ।
सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८१ पैसा रहेको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५० पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा रहेको छ ।
त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १२ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।
थाई भाट एकको खरिददर ४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४ रुपैयाँ ४४ पैसा रहेको छ । यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४१ रुपैयाँ कायम भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७७ पैसा रहेको छ ।
दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ २४ पैसा र बिक्रीदर ११ रुपैयाँ २८ पैसा रहेको छ । स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ९४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९ पैसा र बिक्रीदर २२ रुपैयाँ १७ पैसा कायम भएको छ ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४८५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ६३ पैसा तथा बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।
ओमानी रियाल एकको खरिददर ३८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १० पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।