नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले बढ्यो, तीन महिनामा कमायो १ अर्ब ८२ करोड

२०८३ कार्तिक २८ गते
सारांश
  • नेपाल टेलिकमले विकट तथा दुर्गम क्षेत्रसम्म दूरसञ्चार सेवा विस्तार गर्नुका साथै सेवा गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।

काठमाडौं: नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ३७.३५ प्रतिशतले वृद्धि गरेको छ ।

 

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्मको तीन महिनामा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ थियो ।

 

समीक्षा अवधिमा कम्पनीको करअघिको मुनाफा ३.६५ प्रतिशतले बढेर २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो मुनाफा २ अर्ब ८८ करोड २१ लाख रुपैयाँ थियो ।

 

त्यस्तै, कम्पनीको कुल आय सामान्य ०.०७ प्रतिशतले बढेर ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ रहेको थियो ।

 

यद्यपि, कम्पनीको कुल सञ्चालन आय भने सामान्य घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालन आय ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ, जुन गत वर्षको सोही अवधिको ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँभन्दा केही कम हो ।

 

यसैगरी, ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको सञ्चालन मुनाफा (इबिट्डा) ६.१३ प्रतिशतले घटेर ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो मुनाफा ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँ थियो ।

 

कम्पनीका अनुसार भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोले दूरसञ्चार सेवा प्रभावित हुनु र प्रभावित ग्राहकलाई १७ दिनसम्म निःशुल्क डेटा तथा भ्वाइस सेवा उपलब्ध गराउनुले सेवा बिक्रीबाट प्राप्त हुने आम्दानीमा असर परेको हो ।

 असोज २५ गते आएको बूढीगण्डकीको बाढीले समेत सेवा प्रवाहमा नकारात्मक प्रभाव पारेको कम्पनीले जनाएको छ ।

त्यस्तै, कम मूल्यका र ठूला डेटा प्याकेजको प्रयोग बढ्दै जाँदा त्यसले पनि कम्पनीको आम्दानीमा प्रभाव पारेको विवरणमा उल्लेख छ । यद्यपि, समीक्षा अवधिमा जीएसएम सेवातर्फ १० लाख १६ हजार रुपैयाँ र एफटीटीएच सेवातर्फ ४ करोड ४० लाख रुपैयाँ सञ्चालन राजस्व वृद्धि भएको कम्पनीले जनाएको छ ।

 

कम्पनीका अनुसार चालु आर्थिक वर्षमा कर्मचारीको तलब वृद्धि हुँदा कर्मचारी खर्च बढेको छ । तर, ह्रास खर्चमा आएको कमी र मूल्यह्रास क्षति फिर्ता समायोजन (इम्पेयरमेन्ट रिभर्सल) का कारण कुल खुद खर्च ४८ करोड १२ लाख रुपैयाँ अर्थात् ५.९० प्रतिशतले घटेको छ ।

 

नेपाल टेलिकमले विकट तथा दुर्गम क्षेत्रसम्म दूरसञ्चार सेवा विस्तार गर्नुका साथै सेवा गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार