पर्यटन व्यवसायीहरुलाई फेवातालमा ढल नफाल्न मेयर आचार्यले गरे आग्रह
२०८१ पुष १४ गते आईतबार
- सिंगो पर्यटन क्षेत्रको विकासका लागि महानगरले काम गरिरहेको दाबी गर्दै मेयर आचार्यले पर्यटन क्षेत्रमा केही भएन भनेर खाली विरोध गर्ने काम नगर्न सबैलाई अनुरोध गरे ।
पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पर्यटन व्यवसायीहरुलाई फेवातालमा ढल नफाल्न आग्रह गरेका छन् ।
शनिबार दिउँसो पोखराको लेकसाइडमा आयोजित २६ औं सडक महोत्सव उद्घाटन गर्दै उनले पटक पटक फेवातालमा ढल नफाल्न पत्र लेखे पनि १९ जना व्यवसायीहरुले टेर्ने नगरेको बताएका हुन् ।
उनले पर्यटन व्यवसायीहरुप्रति लक्षित गर्दै भने, ‘महानगरले पटक – पटक फेवातालमा ढल नफाल्न पत्र लेख्छ । तर १९ जना व्यवसायीहरुले टेर्दै टेर्नुहुन्न । २४ घण्टाभित्र खुरुक्क फेवातालमा ढल फाल्न रोक्नुहोस् न । किन रोक्नु हुन्न ?’
उनलें अन्यथा महानगरले त्यस्ता संस्था वा व्यक्तिहरुलाई कानून अनुसार कारबाही गरेर छाड्ने चेतावनी दिए ।
पोखरालाई पर्यटनको राजधानी घोषणा गराउन आफूलाई १८ महिना लागेको बताए । पर्यटनको राजधानी घोषणा गरेर मात्र के हुन्छ भन्नेहरुप्रति इंगित गर्दै उनले अघि भने ‘पर्यटनको राजधानी घोषणा गरेर मात्र केहि हुन्न भन्ने होइन । धेरै हुन्छ । सरकारले वातावरण बनाइ दिने हो । ब्यबसायीहरुलाई ल्याएर चम्चाले मुखमा खुवाई दिने हैन ।’
महानगरले पोखराको बसुन्धरा पार्कमा बिग्रिएको जहाजको बडी राखेर निजी क्षेत्रलाई रेस्टुरेन्ट चलाउन दिने र पोखराको पहिचानको रुपमा रहेको सारंगीको ठुलो प्रतिमा राख्न खोजिरहेको र स्थानीय जनताले विरोध गरिरहेका छन् । त्यसतर्फ संकेत गर्दै मेयर आचार्यले पोखराका सार्वजनिक जग्गा सरकारका सम्पत्ति भएको र त्यसको संरक्षण गर्ने बताए ।
उनले त्यस्ता सार्वजनिक सम्पत्ति निजी सम्पत्ति जसरी जे काम गर्दा पनि विरोध हुने गरेकोमा आक्रोश पोख्दै जे काम गरे पनि विरोध गर्ने, जे गरे पनि रोक्ने र हरेक ठाउँमा मुद्दा हाल्ने काम रोक्न चेतावनी दिए ।
सन् २०२५ लाई पोखरा भ्रमण वर्ष मनाउन लगिएको जानकारी दिंदै मेयर आचार्यले बिगतमा पर्यटन क्षेत्रलाई जम्मा ४ – ५ लाख रुपैयाँ बजेट बिनियोजन हुने गरेकोमा आफू आएपछि पहिलो वर्ष ५५ करोड र दोश्रो वर्ष ८५ करोड छुट्टाइएको दाबी गरे।
सिंगो पर्यटन क्षेत्रको विकासका लागि महानगरले काम गरिरहेको दाबी गर्दै मेयर आचार्यले पर्यटन क्षेत्रमा केही भएन भनेर खाली विरोध गर्ने काम नगर्न सबैलाई अनुरोध गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।