पर्यटन बोर्डको सीईओ नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूचीमा

२० कार्तिक, २०८३
सारांश
  • नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूचीमा छनोट भएका छन्।

काठमाडौँ: नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूचीमा छनोट भएका छन्।

 

बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार प्राप्त आवेदनहरूको मूल्यांकनपछि सबैभन्दा बढी अंक हासिल गर्ने १६ जना उम्मेदवारलाई शुक्रबार संक्षिप्त सूचीमा समावेश गरिएको हो।

 

सीईओ पदका लागि संक्षिप्त सूचीमा पर्नेहरूमा आयुतोष प्रधान (चितवन), उत्तमप्रसाद देवकोटा (चितवन), टेकबहादुर महत (इलाम), धर्मराज ढवाडी (चितवन), नोजल कोइराला (मोरङ), युबिका भण्डारी (काठमाडौं), राजाराम केसी (काठमाडौं), रामचन्द्र सेढाईं (गोरखा), रोहिणीप्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), विनोद अर्याल (पाल्पा), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्रीप्रसाद भट्टराई (रुपन्देही), सन्तोष विक्रम थापा (काठमाडौं), सुरेश सिंह बुढाल (बैतडी) र हिक्मत सिंह ऐर (कञ्चनपुर) रहेका छन्।

 

नेपाल पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शुक्रबार जारी गरेको सूचनाअनुसार संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूले आगामी मंसिर १० गतेभित्र आफ्नो कार्ययोजनासहित व्यावसायिक प्रस्तुतीकरण दिनुपर्नेछ।

 

प्रस्तुतीकरणका आधारमा छनोट प्रक्रिया थप अघि बढाइनेछ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार