सात देशका कन्टेन्ट क्रिएटर नेपालमा, तीन पर्यटकीय गन्तव्यको प्रचार गर्ने

१५ कार्तिक, २०८३
सारांश
  • नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, बंगलादेश र श्रीलंकाका कन्टेन्ट क्रिएटर नेपाल आएका हुन् ।

काठमाण्डौ, १५ कार्त्तिक । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सात देशका प्रभावशाली कन्टेन्ट क्रिएटर नेपाल आएका छन् ।

 

नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, बंगलादेश र श्रीलंकाका कन्टेन्ट क्रिएटर नेपाल आएका हुन् ।

 

उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गरी नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, वन्यजन्तु र स्थानीय जीवनशैली समेटिएका सामग्री तयार पार्नेछन् ।

 

भ्रमणका क्रममा तयार पारिएका दृश्य सामग्री टिकटकसहितका सामाजिक सञ्जालमार्फत विश्वभर प्रचार गरिने नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बताएका छन् । यसबाट नेपाली पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

बोर्ड र टिकटकबीच सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटन विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने समझदारी भएको थियो । सोही सहकार्यअन्तर्गत सुरु गरिएको ‘लाइफटाइम एक्सपेरियन्सेस’ अभियानलाई निरन्तरता दिँदै सन् २०२६ मा पनि डिजिटल माध्यमबाट पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन गरिएको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार