एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई धरौटीमा छुटे

१२ कार्तिक, २०८३
सारांश
  • अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

काठमाण्डौ, १२ कार्त्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । ललितपुर जिल्ला अदालतले बुधबार उनीहरूलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

 

खेल मिलेमतो, आर्थिक अनियमितता तथा ठगीसम्बन्धी आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो । यसअघि कोषाध्यक्ष जोशी १५ लाख र लेखापाल पाण्डे १२ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् ।

 

एन्फाभित्रको विवादसँगै नेपाली फुटबलमा संकट थपिएको छ । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०२६ जुन २४ देखि एन्फालाई निलम्बनमा राखेको छ । निलम्बनका कारण नेपाली राष्ट्रिय टोली र क्लबहरूको अन्तर्राष्ट्रिय सहभागितामा असर परेको छ ।

 

यसैबीच, एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा कार्यसमितिका बहुमत सदस्यले बैठक बोलाउने तयारी गरेका छन् । उनीहरूले कात्तिक १३ गते बैठक गरी एन्फाको आन्तरिक विवाद समाधान र फिफाको निलम्बन फुकुवाका लागि आवश्यक पहल गर्ने बताएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार