- जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विहिबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
काठमाण्डौ, १२ कार्त्तिक । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विहिबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै आजदेखि बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्नब' को पनि प्रभाव रहने छ । हाल देशभर आंशिक देखि साधारणतया बादल लाग्नेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी र बागमती प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा बाँकी हिमली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहको छ । मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा अधिकांश बादल लाग्ने छ तथा बाँकी भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको तथा लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।