- टियु क्रिकेट मैदानमा अपराहन्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा आज जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमने सामने हुँदैछन् ।
काठमाण्डौ, १२ कार्त्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा अपराहन्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा आज जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमने सामने हुँदैछन् ।
जारी प्रतियोगितामा जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग हार बेहोरेको छ भने काठमाडौँले आफ्नो पहिलो खेल खेल्दैछ ।
त्यसैगरी आज साँझ ५ बजेदेखि शुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन् ।
कर्णाली याक्सले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने विराटनगर किंग्सले पहिलो खेलमा चितवन राइनोजसँग हार बेहोरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।