एनपीएलमा आज दुई खेल हुँदै

१० कार्तिक, २०८३
सारांश
  • आज पहिलो खेल अपराहन्न साढे १२ बजे बिराटनगर किंग्स र चितवन राइनोजबीच हुने छ भने दोस्रो खेल साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुने तालिका छ ।

काठमाण्डौ, १० कार्त्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज दुई खेल हुँदैछन् ।

 

आज पहिलो खेल अपराहन्न साढे १२ बजे बिराटनगर किंग्स र चितवन राइनोजबीच हुने छ भने दोस्रो खेल साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुने तालिका छ ।

 

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सबाट वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेलले आजको खेल खेल्ने छन् भने कुशल मल्लको कप्तानीमा रहेको चितवनबाट रवि भोपारालगायतका खेलाडी खेल्दैछन् ।

 

त्यस्तै, अमेरिकन क्रिकेटर हरमित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्समा मोइन अलीलगायतका खेलाडी छन् भने सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्समा मार्क वाट, डेभिड मिलरलगायतका खेलाडी अनुबन्ध भएका छन् ।

 

यसअघि सोमबार सम्पन्न उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार