एनपीएल खेल्न पकिस्तान बोर्डले प्रति खेलाडी २५ हजार डलर मागेपछि लफडा !

९ कार्तिक, २०८३
सारांश
  • आइसीसीले मान्यता दिएपछि टेस्ट खेल्ने देशका खेलाडीहरुले सहभागिता जनाइरहेका बेला पाकिस्तानी खेलाडीको सहभागितामा भने अन्योल बढेको छ ।


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि शुरु हुदैछ ।

 

आइसीसीले मान्यता दिएपछि टेस्ट खेल्ने देशका खेलाडीहरुले सहभागिता जनाइरहेका बेला पाकिस्तानी खेलाडीको सहभागितामा भने अन्योल बढेको छ ।

पाकिस्तान क्रिकेट बोर्डले एनओसी दिएर कतिपय खेलाडी काठमाडौँ आइसकेपछि प्रति खेलाडी अतिरिक्त २५ हजार डलर माग गरेपछि पाकिस्तानी खेलाडीहरुको एनपीएलमा सहभागितामा अन्योल भएको हो ।

पाकिस्तान बोर्डले राखेको शर्त पुरा गर्न फ्रेन्चाइजहरुले नसक्ने बताएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सहजीकरणको प्रयास गरेपनि सफल नभएको बताइएको छ । यस्तो अवस्थामा पाकिस्तानी खेलाडी एनपीएल खेल्न नसक्ने अवस्था बनेको बताइएको छ । क्यानले अन्तिम निर्णय गर्ने अधिकार फ्रेन्चाइजीलाई दिएको भएपनि टिमले अतिरिक्त २५ हजार डलर तिर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

यस सिजनका लागि सुदूरपश्चिम रोयल्सले हैदर अलीलाई, कर्णाली याक्सले  साहिबजादा फरहान र हुसेन तलातलाई, जनकपुर बोल्ट्सले इफ्तिखार अहमद र हुनैन शाहलाई तथा चितवन राइनोजले मोहमद नवाज, हसन अली र उसमा मीरलाई भित्र्याएका छन् ।

पाकिस्तान बोर्डले यसअघि एनओसी दिएका खेलाडीको अनुमति तत्कालका लागि रोकिएको बताइएको छ । पाकिस्तानका टी-२० कप्तान साहिबजादा फरहान र हुसेन तलत नेपाल आइसकेका छन् भने अन्य खेलाडी विवाद भएपछि नेपाल आउने नआउने अनिश्चित भएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार