ब्राजिलको निर्वाचनमा धाँधली भएको ट्रम्पको आरोप

१० कार्तिक, २०८३
सारांश
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । 

 

उनले निर्वाचन प्रक्रिया निकै खराब र भ्रष्ट देखिएको टिप्पणी गर्दै मतगणना गर्ने तरिका तथा समयसीमा बढाइएको विषयमा प्रश्न उठाएका हुन् ।

 

ट्रम्पले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग आफ्नो सम्बन्ध राम्रो रहेको र आफूलाई लुला मन पर्ने बताएका छन् । तर निर्वाचनको समग्र प्रक्रिया भने शंकास्पद देखिएको उनको दाबी छ ।

 

ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला दा सिल्भाले दक्षिणपन्थी प्रतिस्पर्धी तथा लिबरल पार्टीका नेता फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गर्दै जित हासिल गरेका छन्। उनी चौथोपटक राष्ट्रपति बनेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार