बोल्सोनारोले अस्वीकार गरे लुलाको जित, परिणाम रद्ध गर्न माग

९ कार्तिक, २०८३
सारांश
  • ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि फ्लाभियो बोल्सोनारोले निर्वाचन परिणाममाथि प्रश्न उठाउँदै त्यसलाई रद्द गर्न माग गरेका छन् । उनले निर्वाचनको परिणाम स्वीकार गर्न नसकिने बताएका छन् ।

काठमाडौं : ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि फ्लाभियो बोल्सोनारोले निर्वाचन परिणाममाथि प्रश्न उठाउँदै त्यसलाई रद्द गर्न माग गरेका छन् । 

 

उनले निर्वाचनको परिणाम स्वीकार गर्न नसकिने बताएका छन् ।अन्तिम मतपरिणामअनुसार लुइज इनासियो लुला दा सिल्भाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दा बोल्सोनारोले ४८.२१ प्रतिशत मत पाएका छन् ।

 

बोल्सोनारोले निर्वाचनका क्रममा ‘खेलका नियम परिवर्तन गरिएको’ आरोप लगाउँदै परिणाम रद्द गर्नुपर्ने बताएका छन् । उनले आफ्नो पहिलो सार्वजनिक प्रतिक्रियामा निर्वाचन रद्द गराउन आफ्नो चुनावी टोलीका कानुन व्यवसायीलाई अदालतमा निवेदन दिन निर्देशन दिने बताएका छन् ।

 

उनले उठाएको मुख्य विषय सर्वोच्च अदालतले मतदानको समय दुई घण्टा थप्ने निर्णय हो । यो असामान्य निर्णय भए पनि लुला र बोल्सोनारो दुवै पक्षका चुनावी टोलीले मतदानको समय थप्न औपचारिक अनुरोध गरेका थिए । लुलाको टोलीले साओ पाउलो र बाहिया राज्यमा बसको अभावका कारण मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिन भएको तर्क गरेको थियो ।

 

त्यस्तै, बोल्सोनारोको टोलीले देशको दक्षिणी क्षेत्र र साओ पाउलोका केही स्थानमा परेको भारी वर्षालाई कारण देखाउँदै मतदानको समय थप्न आग्रह गरेको थियो । अब बोल्सोनारोको कानुनी टोलीले निर्वाचन परिणाम रद्द गर्नुपर्ने मागको समर्थनमा अदालतमा पेस गर्ने तर्क तयार पारिरहेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार