- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित हासिल गरेको छ ।
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित हासिल गरेको छ ।
चितवनले दिएको १५८ रनको लक्ष्य पछाएको विराटनगरले १९.३ ओभरमा १४९ रन बनाउदै अल आउट भएको थियो ।
विराटनगरका लागि इमरान सेखले सर्बाधिक ३९ रन बनाएका थिए भने आन्द्रे रसेलले ३३ रन बनाएका थिए । त्यस्तै लोकेश बमले २६ र अन्गेलो म्याथ्युजले १४ रन बनाएका थिए ।
त्यस्तै चितवनका बलर कमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने रिजन ढकालले २ विकेट लिएका थिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।
चितवनका लागि डेविड मलानले सर्वाधिक ७० रन बनाए भने देव खनालले १२ रन बनाउँदै स्टम्पिङ आउट भए । कप्तान रवि बोपारा ३२ र डान मुस्ले २९ रनमा अविजित रहेका थिए । त्यस्तै, विराटनगरका लागि एन्जेलो म्याथ्यूस, आन्द्रे रसेल र चारिथ आसालंकाले १-१ विकेट लिएका थिए ।
एनपीएल अन्तर्गत आजको दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुदैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता, उच्च शिक्षामा सहकार्य विस्तारबारे छलफल
-
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
-
अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
-
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।