नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य

१३ श्रावण, २०८३, बुधवार
सारांश
  • नेदरल्याण्डसका लागि नोआह क्रोजले सर्बाधिक ७० रन बनाएका थिए भने कप्तान स्कट एडवर्ड्सले ५७ रन बनाएका थिए । त्यस्तै लोगान भान बीकले २७ र जाक लायन काचेटले १६ रन बनाएका थिए ।

काठमाडौं: आइसीसी विश्वकप लिग २ को जारी सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्डसले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ ।

 

टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ५० ओभरमा ९ विकेट गुमाउदै २२५ रन बनाएको हो । पहिलो बलमै विकेट गुमाएको नेदरल्याण्डसले सम्हालिदै नेपाललाई चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

 

नेदरल्याण्डसका लागि नोआह क्रोजले सर्बाधिक ७० रन बनाएका थिए भने कप्तान स्कट एडवर्ड्सले ५७ रन बनाएका थिए । त्यस्तै लोगान भान बीकले २७ र जाक लायन काचेटले १६ रन बनाएका थिए ।

 

त्यसैगरी नेपाली बलर करण केसीले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले २ विकेट लिएका थिए । त्यस्तै हेमन्त धामी र ललित राजबंशीले एक एक विकेट लिए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार