नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य

१३ श्रावण, २०८३, बुधवार
सारांश
  • नेदरल्याण्डसका लागि नोआह क्रोजले सर्बाधिक ७० रन बनाएका थिए भने कप्तान स्कट एडवर्ड्सले ५७ रन बनाएका थिए । त्यस्तै लोगान भान बीकले २७ र जाक लायन काचेटले १६ रन बनाएका थिए ।

काठमाडौं: आइसीसी विश्वकप लिग २ को जारी सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्डसले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ ।

 

टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ५० ओभरमा ९ विकेट गुमाउदै २२५ रन बनाएको हो । पहिलो बलमै विकेट गुमाएको नेदरल्याण्डसले सम्हालिदै नेपाललाई चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

 

नेदरल्याण्डसका लागि नोआह क्रोजले सर्बाधिक ७० रन बनाएका थिए भने कप्तान स्कट एडवर्ड्सले ५७ रन बनाएका थिए । त्यस्तै लोगान भान बीकले २७ र जाक लायन काचेटले १६ रन बनाएका थिए ।

 

त्यसैगरी नेपाली बलर करण केसीले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले २ विकेट लिएका थिए । त्यस्तै हेमन्त धामी र ललित राजबंशीले एक एक विकेट लिए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार