कोलम्बियालाई टाइब्रेकरमा पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको क्वाटरफाइनलमा
२०८३ अषाढ़ २४ बुधवार
- स्विट्जरल्यान्डले कोलम्बियालाई टाइब्रेकरमा ४- ३ ले पराजित गर्दै फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
काठमाण्डौ, २४ अषाढ़ । स्विट्जरल्यान्डले कोलम्बियालाई टाइब्रेकरमा ४- ३ ले पराजित गर्दै फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
भ्यानकुभरस्थित बिसी प्लेसमा भएको अन्तिम- १६ को प्रतिस्पर्धामा निर्धारित ९० मिनेट र त्यसपछि थपिएको अतिरिक्त समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
टाइब्रेकरमा स्विट्जरल्यान्डका गोलरक्षक ग्रेगोर कोबेल नायक बने । उनले कोलम्बियाका कुचो हेर्नान्डेजको पेनाल्टी शानदार ढंगले बचाउँदै टोलीलाई जित दिलाए । यसअघि कोलम्बियाका डाभिन्सन सान्चेजको प्रहार बारमा लागेको थियो भने स्विट्जरल्यान्डका मानुएल अकान्जीले आफ्नो पेनाल्टी गोलपोस्टमाथिबाट बाहिर प्रहार गरेका थिए ।स्विट्जरल्यान्डका ग्रानिट झाका, जेकी आम्दुनी, सेड्रिक इटेन र रुबेन भार्गासले पेनाल्टीमा सफल प्रहार गर्दै टोलीलाई ४-३ को जित दिलाए ।
खेलभर दुवै टोलीले धेरै स्पष्ट अवसर सिर्जना गर्न सकेनन् । कोलम्बियाका जोन लुकुमीको हेडर क्रसबारमा लागेको थियो भने विकल्प खेलाडी जामिन्टन काम्पाजको शक्तिशाली प्रहारलाई कोबेलले उत्कृष्ट बचाउ गरेका थिए । अतिरिक्त समयको अन्त्यतिर काम्पाजले उत्कृष्ट अवसर गुमाउँदा कोलम्बियाले खेल आफ्नो पक्षमा पार्ने मौका पनि गुमाएको थियो । त्यसको मूल्य उसले टाइब्रेकरमा हार बेहोरेर चुकाउनुपर्यो ।
सन् १९५४ यता पहिलो पटक विश्वकपको अन्तिम आठमा पुगेको स्विट्जरल्यान्डले अब क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ऊर्जा क्षेत्रको परियोजना कार्यान्वयनका जटिलता पहिचान गर्न उच्चस्तरीय समिति गठन
-
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
-
काँग्रेस उपसभापतिमा चन्द्र भण्डारीसहितको उम्मेदवारी दर्ता
-
रामेछापमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु
-
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई प्रदान
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।