विश्वकपबाट बाहिरिएपछि पोर्चुगलको प्रशिक्षकबाट मार्टिनेको राजीनामा
२०८३ अषाढ़ २३ मङ्गलवार
- सन् २०२३ मा पोर्चुगलको जिम्मेवारी सम्हालेका मार्टिनेजको सम्झौता विश्वकपपछि सकिने तय थियो । खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले अब राष्ट्रिय टोलीसँगको आफ्नो यात्रा समाप्त भएको बताए ।
काठमाण्डौ, २३ अषाढ़ । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले फिफा विश्वकपको अन्तिम १६ मा स्पेनसँग १-० ले पराजित भएपछि पदबाट राजीनामा दिएका छन् । उनले यो नतिजालाई भने असफलता मान्न अस्वीकार गरेका छन् ।
डलासस्थित एटी एन्ड टी रंगशालामा भएको खेलमा स्पेनका वैकल्पिक खेलाडी मिकेल मेरिनोले ९१औँ मिनेटमा निर्णायक गोल गरेपछि पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो । यही खेलसँगै ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि समाप्त भएको छ ।
सन् २०२३ मा पोर्चुगलको जिम्मेवारी सम्हालेका मार्टिनेजको सम्झौता विश्वकपपछि सकिने तय थियो । खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले अब राष्ट्रिय टोलीसँगको आफ्नो यात्रा समाप्त भएको बताए ।
उनले भने- 'हो, राष्ट्रिय टोलीसँग यो मेरो अन्तिम खेल हो । मैले ४५ खेलमा टोलीको नेतृत्व गर्ने अवसर पाए । पोर्चुगलमा मैले धेरै माया र सम्मान पाए । यो अनुभव सधैँ सम्झिरहनेछु । अब एउटा चक्र समाप्त भएको छ र अहिलेको अवस्थामा यही निर्णय उचित हो ।'
मार्टिनेजले यसअघि बेल्जियमको राष्ट्रिय टोलीका साथै एभर्टन, विगन र स्वान्सी क्लबको पनि प्रशिक्षण सम्हालिसकेका छन् ।
विश्वकपमा भिटिन्हा, जोआओ नेभेस, ब्रुनो फर्नान्डेस र क्रिस्टियानो रोनाल्डोजस्ता स्टार खेलाडी रहेको बलियो टोली हुँदाहुँदै पनि अन्तिम १६ बाट बाहिरिनु असफलता नभएको उनको भनाइ छ ।
उनले भने- 'हामी असफल भएका होइनौँ । हामी प्रतियोगिताको प्रमुख दाबेदारमध्ये एक टोलीसँग पराजित भएका हौँ । खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे । यस्ता ठूला खेलमा जित र हार साना क्षणले तय गर्छ । जित्ने प्रयास नगर्नु नै असफलता हो, तर हामीले अन्तिम मिनेटसम्म जितका लागि संघर्ष गर्यौँ ।'
मार्टिनेजले विश्वकपमा लगातार अन्तिम चरणसम्म पुग्नु कुनै पनि राष्ट्रका लागि सहज नभएको पनि बताए । उनका अनुसार गोलपोस्टमा बल लाग्ने वा साना घटनाले नै विश्वकपको नतिजा निर्धारण गर्ने गर्छ ।
उनले रोनाल्डोलाई पूरा ९० मिनेट मैदानमा राख्ने आफ्नो निर्णयको पनि बचाउ गरे । उनले भने- 'जब टोलीलाई गोल आवश्यक हुन्छ, त्यतिबेला क्रिस्टियानो रोनाल्डोलाई मैदानबाट निकाल्न मिल्दैन । उनी पूरा ९० मिनेट खेल्न सक्षम छन् । उनको उपस्थितिले विपक्षीमाथि दबाब सिर्जना गर्छ, खाली स्थान बनाउँछ र स्थिर बलको अवस्थामासमेत उनी निकै प्रभावकारी हुन्छन् । अतिरिक्त समयमा भने गोन्कालो रामोसलाई प्रयोग गर्ने सोच हुन सक्थ्यो । तर नियमित समयमा टोलीका सर्वाधिक गोलकर्ता खेलाडीलाई मैदानबाट निकाल्ने अवस्था थिएन ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।