- रिपोर्टका अनुसार ३४ वर्षीय ब्राजिलियन स्टार अहिले पनि टोलीसँग प्रशिक्षणमा फर्किएका छैनन् । ब्राजिलले दोस्रो समूह चरणको खेल हैटीसँग खेल्नुअघि पनि उनी अभ्यासमा देखिएका छैनन् ।
काठमाण्डौ, ०२ अषाढ़ । ब्राजिलका लागि विश्वकपमा नेइमारको प्रतिक्षाको समय बढ्ने देखिएको छ । इन्जुरिका कारण विश्वकपको पहिलो खेल गुमाएका नेइमारले विश्वकपको नकआउट चरणसम्म नफर्किने अनुमान गरिएको छ ।
रिपोर्टका अनुसार ३४ वर्षीय ब्राजिलियन स्टार अहिले पनि टोलीसँग प्रशिक्षणमा फर्किएका छैनन् । ब्राजिलले दोस्रो समूह चरणको खेल हैटीसँग खेल्नुअघि पनि उनी अभ्यासमा देखिएका छैनन् । उनी एक हप्ताअघि गरिएको मेडिकल परीक्षण फेरि दोहोर्याइरहेका छन् । नेइमारलाई मे १७ मा सान्तोसका लागि खेल्ने क्रममा खुट्टाको पिँडुलामा चोट लागेको थियो । चोटका बाबजुद उनलाई ब्राजिलको विश्वकप टोलीमा समावेश गरिएको थियो, तर त्यसयता उनी प्रशिक्षणमा फर्किन सकेका छैनन् ।
सोमबार न्युयोर्क रेड बुल्स प्रशिक्षण केन्द्रमा पनि उनी अभ्यासमा सहभागी नभएको बताइएको छ । उनी अहिले दोस्रो दर्जाको मांसपेशी चोटबाट निको हुने क्रममा छन् । हालै गरिएको मेडिकल परीक्षणको नतिजा अझै ब्राजिल फुटबल महासंघले पुष्टि गरेको छैन । ब्राजिलियन मिडियाका अनुसार टोलीको मेडिकल स्टाफले उनलाई नकआउट चरणसम्म पूर्ण रूपमा फिट बनाउने योजना बनाएको छ । यसको अर्थ नेइमारले समूह चरणका हैटी र स्कटल्याण्डविरुद्धका दुवै खेल गुमाउने सम्भावना छ ।
ब्राजिलले शनिबार मोरोक्कोसँग १–१ को बराबरी खेलेको थियो। अब टोलीले शुक्रबार हैटीसँग र त्यसपछि जुन २४ मा स्कटल्याण्डसँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।
नेइमारलाई ब्राजिलको पहिलो खेलमा बेन्चमा राखिएको थियो, तर उनी खेल पोशाकमा पनि देखिएका थिएनन् । खेलअघि प्रशिक्षक कार्लो एन्सेलोटीले नेइमार छिटो निको हुन धेरै मेहनत गरिरहेको र अर्को हप्तासम्म टिममा फर्किने बताएका थिए । उनका अनुसार, टोलीमा समावेश गर्दा नेइमारलाई उनको उत्कृष्ट प्राविधिक क्षमताका कारण राखिएको हो । साथै, युवा खेलाडीका लागि उनको अनुभव र नेतृत्व पनि महत्वपूर्ण रहेको उनले बताएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अब मोबाइलमै कर्मकाण्ड : एआई प्रविधिबाट वैदिक विधि र पञ्चाङ्ग सेवा
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।