- एटलान्टा रंगशालामा अन्तिम सिट्टी बज्नासाथ क्यामेरा केप भेर्ड़ेका ४० वर्षीय गोलरक्षक भोजिन्हातर्फ सोझियो । आँसु झारिरहेका उनी आफूले प्राप्त गरेको ऐतिहासिक उपलब्धिको महत्व विस्तारै महसुस गरिरहेका थिए ।
काठमाण्डौ, ०२ अषाढ़ । विश्वकप उपाधिको बलियो दाबेदार तथा युरोपेली च्याम्पियन स्पेनविरुद्ध केप भेर्ड़ेले अविश्वसनीय प्रदर्शन गर्दै गोलरहित बराबरी खेलेपछि आफ्नो फुटबल इतिहासकै सबैभन्दा सम्झनलायक नतिजा हासिल गरेको छ ।
एटलान्टा रंगशालामा अन्तिम सिट्टी बज्नासाथ क्यामेरा केप भेर्ड़ेका ४० वर्षीय गोलरक्षक भोजिन्हातर्फ सोझियो । आँसु झारिरहेका उनी आफूले प्राप्त गरेको ऐतिहासिक उपलब्धिको महत्व विस्तारै महसुस गरिरहेका थिए ।
९० मिनेटभर निरन्तर समर्थन गरेका हजारौँ केप भेर्ड़े समर्थक खुसीले उफ्रिए । उनीहरूले एकअर्कालाई अँगालो हाल्दै, नाच्दै र यो अविस्मरणीय नतिजाको उत्सव मनाए । मैदानभित्र खेलाडीहरू पनि खुसीले एकअर्कातर्फ दौडिए । तटस्थ समर्थकहरू समेत यो क्षणबाट प्रभावित बने र खेल सकिँदासम्म धेरैजसोले केप भेर्ड़ेको सफलताको उत्सवमा साथ दिए ।
स्पेनजस्तो बलियो टोलीविरुद्ध अनुभवी गोलरक्षक भोजिन्हाले आफ्नो जीवनकै उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै कुनै गोल हुन दिएनन् । उनको शानदार प्रदर्शनले केप भेर्ड़ेलाई देशको इतिहासकै सबैभन्दा ठूलो फुटबल उपलब्धि दिलायो ।
खेलको उत्कृष्ट खेलाडी घोषित भएपछि भावुक बनेका भोजिन्हाले भने-'म रोएँ किनभने म मेरा हजुरबुबा र हजुरआमासँग हुर्किएको थिएँ । दुर्भाग्यवश उहाँहरू यहाँ हुनुहुन्न। केही वर्षअघि उहाँहरूको निधन भयो । उहाँहरू मेरो लागि सबैथोक हुनुहुन्थ्यो, मेरो जीवनकै आधार हुनुहुन्थ्यो ।'
उनले आफ्नी आमाको सम्झना पनि गरे । 'मेरी आमा यहाँ आउन सक्नुभएन । भिसाका कारण र त्यसका लागि तिर्नुपर्ने खर्चका कारण समयमै व्यवस्था मिलाउन सकेनौँ। उहाँ यहाँ भएको भए म निकै खुसी हुन्थेँ,' उनले भने ।
भोजिन्हाले टोलीको सबैभन्दा ठूलो शक्ति एकता भएको बताए । उनले भने, 'हाम्रो सबैभन्दा ठूलो हतियार भनेको हाम्रो एकता हो। आज टोलीमा आउने खेलाडी होस् वा १०–१५ वर्षदेखि टोलीसँग जोडिएको खेलाडी, हामी परिवारलाई जसरी व्यवहार गर्छौँ, त्यही नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो ।'
उनले थपे, 'धेरैले हामी विश्वकपको आनन्द लिन मात्रै यहाँ आएका हौँ भन्ने सोचेका थिए। तर त्यस्तो होइन। यो हाम्रो पहिलो सहभागिता भए पनि हामी सबै टोलीको सम्मान गर्छौँ। हामी प्रतिस्पर्धा गर्न आएका हौँ र आफ्नो देशका लागि लड्न आएका हौँ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।