- विश्वकपको समूह चरणअन्तर्गत बहुप्रतीक्षित खेलमा जापान र नेदरल्यान्ड्सले २–२ को रोमाञ्चक बराबरी खेलेका छन् ।
काठमाण्डौ, ०१ अषाढ़ । विश्वकपको समूह चरणअन्तर्गत बहुप्रतीक्षित खेलमा जापान र नेदरल्यान्ड्सले २–२ को रोमाञ्चक बराबरी खेलेका छन् । अन्तिम समयमा डाइची कामादाले गरेको गोलले जापानलाई महत्वपूर्ण एक अंक दिलाएको हो ।
सुरुआती हाफ अपेक्षाकृत सुस्त रह्यो । नेदरल्यान्ड्सले खेलमा बढी दबाब बनाए पनि जापानी गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई खेलमा टिकाइराखे । विशेषगरी डोनियल मालेनका तीन प्रहार उनले बचाएका थिए ।
दोस्रो हाफ सुरु भएपछि खेलले गति लियो । ५१औं मिनेटमा लिभरपुलका कप्तान भर्जिल भान डाइकले रायन ग्राभेनबेर्खको क्रसमा सटीक हेडमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । तर जापानले छिट्टै जवाफ फर्कायो। ५७औं मिनेटमा केइतो नाकामुराको शक्तिशाली प्रहारलाई नेदरल्यान्ड्सका गोलरक्षक बार्ट फेर्ब्रुगेनले रोक्न नसक्दा खेल १–१ को बराबरीमा पुग्यो । ६४औं मिनेटमा क्रिसेन्सियो समरभिलले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः अग्रता दिलाए ।
खेलको अन्तिम समयसम्म आक्रामक खेल प्रस्तुत गरेको जापानले ८८औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । कोकी ओगावाको प्रहारलाई डाइची कामादाले हल्का स्पर्शसहित जाली चुमाउँदै टोलीलाई हारबाट जोगाए । डलासमा उपस्थित हजारौं जापानी समर्थकले अन्तिम समयमा आएको यो गोलपछि उत्साहपूर्ण रूपमा खुसी मनाएका थिए । बराबरीसँगै दुवै टोलीले विश्वकप अभियान एक–एक अंकबाट सुरु गरेका छन् ।
अब जापानले अर्को खेल जुन २१ मा ट्युनिसियासँग खेल्ने छ भने जुन २६ मा स्विडेनसँग खेल्ने तालिका छन् । त्यस्तै नेदरल्याण्डसले अर्को खेल जुन २० मा स्विडेनसँग र जुन २६ मा ट्युनिसियासँग खेल्ने तालिका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कृष्णभीरबाट परीक्षणका रूपमा सवारीसाधन सञ्चालन
-
पशुपतिनाथमा तीजका दिन दर्शन गर्न पाँचवटा रुट तोकियो
-
प्रहरी वृत्त गौशालाको पुनर्निर्मित भवन उद्घाटन
-
रसुवा–भोटेकोशी बाढीको क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब लाग्ने
-
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराइने
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।