- विश्वकपको समूह चरणअन्तर्गत बहुप्रतीक्षित खेलमा जापान र नेदरल्यान्ड्सले २–२ को रोमाञ्चक बराबरी खेलेका छन् ।
काठमाण्डौ, ०१ अषाढ़ । विश्वकपको समूह चरणअन्तर्गत बहुप्रतीक्षित खेलमा जापान र नेदरल्यान्ड्सले २–२ को रोमाञ्चक बराबरी खेलेका छन् । अन्तिम समयमा डाइची कामादाले गरेको गोलले जापानलाई महत्वपूर्ण एक अंक दिलाएको हो ।
सुरुआती हाफ अपेक्षाकृत सुस्त रह्यो । नेदरल्यान्ड्सले खेलमा बढी दबाब बनाए पनि जापानी गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई खेलमा टिकाइराखे । विशेषगरी डोनियल मालेनका तीन प्रहार उनले बचाएका थिए ।
दोस्रो हाफ सुरु भएपछि खेलले गति लियो । ५१औं मिनेटमा लिभरपुलका कप्तान भर्जिल भान डाइकले रायन ग्राभेनबेर्खको क्रसमा सटीक हेडमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । तर जापानले छिट्टै जवाफ फर्कायो। ५७औं मिनेटमा केइतो नाकामुराको शक्तिशाली प्रहारलाई नेदरल्यान्ड्सका गोलरक्षक बार्ट फेर्ब्रुगेनले रोक्न नसक्दा खेल १–१ को बराबरीमा पुग्यो । ६४औं मिनेटमा क्रिसेन्सियो समरभिलले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः अग्रता दिलाए ।
खेलको अन्तिम समयसम्म आक्रामक खेल प्रस्तुत गरेको जापानले ८८औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । कोकी ओगावाको प्रहारलाई डाइची कामादाले हल्का स्पर्शसहित जाली चुमाउँदै टोलीलाई हारबाट जोगाए । डलासमा उपस्थित हजारौं जापानी समर्थकले अन्तिम समयमा आएको यो गोलपछि उत्साहपूर्ण रूपमा खुसी मनाएका थिए । बराबरीसँगै दुवै टोलीले विश्वकप अभियान एक–एक अंकबाट सुरु गरेका छन् ।
अब जापानले अर्को खेल जुन २१ मा ट्युनिसियासँग खेल्ने छ भने जुन २६ मा स्विडेनसँग खेल्ने तालिका छन् । त्यस्तै नेदरल्याण्डसले अर्को खेल जुन २० मा स्विडेनसँग र जुन २६ मा ट्युनिसियासँग खेल्ने तालिका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।