मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

२०८३ जेठ ३१ आईतवार
सारांश
  • समुह सी अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा ब्राजिल र मरक्को १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

काठमाण्डौ, ३१ जेठ । ब्राजिल र मोरक्को जारी फिफा विश्वकप फुटबलमा बराबरी खेलेका छन् । समुह सी अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा ब्राजिल र मरक्को १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

 

खेलमा मोरक्कोका लागि इस्माइल सैबारीले गोल गरेका थिए भने ब्राजिलका लागि भिनिसियस जुनियरले बराबरी गोल फर्काएका थिए ।

 

खेलको २१औं मिनेटमा सैबारीले गोल गर्दै मोरक्कोलाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३२औं मिनेटमा भिनिसियसले गोल गर्दै बराबरी गरेका थिए । यो बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् ।

 

अब विश्वकप अन्तर्गत ब्राजिलले जुन २० मा हैटीविरुद्ध खेल्ने छ भने जुन २५ मा स्कटल्याण्डविरुद्ध खेल्ने छ । त्यस्तै मोरक्कोले जुन २० मा स्कटल्याण्डसँग र जुन २५ मा हैटीसँग खेल्ने तालिका छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार