- महोत्सव असार २ गतेसम्म सञ्चालन हुने छ । यस अवधिमा कराँते, जुडो, टेबल टेनिस, साइक्लिङ, जिम्न्यास्टिक, हक्की, ह्विलचियर बास्केटबल, बोसिया, दृष्टिविहीन क्रिकेट र बौद्धिक अपाङ्गता दौड लगायतका प्रतियोगिता हुने खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए ।
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट महोत्सव शनिबारदेखि सुरु भएको छ । पोखरा रङ्गशालामा सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख आचार्यले बालबालिकामा सानै उमेरदेखि खेलकुद गतिविधिमा सक्रिय सहभागिता गराउन सके मात्र खेल जीवनको बलियो आधार तयार हुने बताए । उनले सफल खेल जीवनको जग बाल्यकालदेखि निरन्तर अभ्यास र सहभागिताबाट बन्ने उल्लेख गर्दै पोखरा महानगरपालिकाले सबै उमेर समूहलाई लक्षित गरेर विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । खेलकुदलाई उहाँले शारीरिक तन्दुरुस्ती मात्र नभई स्वास्थ्य, सामूहिक भावना र सामाजिक एकताको माध्यमका रूपमा व्याख्या गरे ।
महोत्सव असार २ गतेसम्म सञ्चालन हुने छ । यस अवधिमा कराँते, जुडो, टेबल टेनिस, साइक्लिङ, जिम्न्यास्टिक, हक्की, ह्विलचियर बास्केटबल, बोसिया, दृष्टिविहीन क्रिकेट र बौद्धिक अपाङ्गता दौड लगायतका प्रतियोगिता हुने खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए ।
समितिका सचिव बज्र अधिकारीका अनुसार 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, समुन्नत पोखराका लागि खेलकुद' भन्ने नारासहित सुरु भएको महोत्सवमा सयौँ खेलाडीहरूको सहभागिता रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता, उच्च शिक्षामा सहकार्य विस्तारबारे छलफल
-
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
-
अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
-
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।