युएईविरुद्ध नेपालको ६ रनको रोमाञ्चक जित

१८ बैसाख, २०८३, शुक्रवार
सारांश
  • युएईका लागि मुहमद शहदादले सर्बाधिक ६५ रन बनाएका थिए भने खुजैमा तनवीरले ४९ रन, आकाशदीप नाथले ३६ र आर्यांश शर्माले ३३ रन बनाएका थिए ।

काठमाडौँ: नेपालले युएईलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले युएईलाई ६ रनले पराजित गरेको हो ।

 

बर्षाले प्रभावित खेलमा नेपालले युएईलाई दिएको २५५ रनको लक्ष्य पछाएको युएईले ३८ ओभरमा ८ विकेट गुमाएर २४८ रन बनाएको थियो ।

 

बर्षाले प्रभावित बनेको यो खेलमा युएईलाई ३८ ओभरमा २५५ रनको लक्ष्य दिइएको थियो ।

 

युएईका लागि मुहमद शहदादले सर्बाधिक ६५ रन बनाएका थिए भने खुजैमा तनवीरले ४९ रन, आकाशदीप नाथले ३६ र आर्यांश शर्माले ३३ रन बनाएका थिए ।  

 

त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ३, सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिएका थिए । 

 

यसआघि टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिंग गर्दै शतक बनाएका थिए । त्यस्तै विनोद भण्डारीले ५६ रन बनाए भने गुलशन झाले ४४ रन बनाएका थिए ।  त्यस्तै कप्तान रोहित पौडेलले ३९ रन बनाए भने अर्जुन कुमाल र आरिफ सेखले ११-११ रन बनाएका थिए । त्यस्तै युएईका बलर जुनैद सिद्धिकी र अजय कुमारले २-२ विकेट लिएका थिए ।

 

यो जितपछि नेपालको लिग-२ मा २३ खेलमा १६ अंक भएको छ भने युएईको २३ खेलमा १२ अंक रहेको छ । अब सिरिजको अर्को खेल आइतबार ओमान र युएईबीच हुने तालिका रहेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार