- युएईका लागि मुहमद शहदादले सर्बाधिक ६५ रन बनाएका थिए भने खुजैमा तनवीरले ४९ रन, आकाशदीप नाथले ३६ र आर्यांश शर्माले ३३ रन बनाएका थिए ।
काठमाडौँ: नेपालले युएईलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले युएईलाई ६ रनले पराजित गरेको हो ।
बर्षाले प्रभावित खेलमा नेपालले युएईलाई दिएको २५५ रनको लक्ष्य पछाएको युएईले ३८ ओभरमा ८ विकेट गुमाएर २४८ रन बनाएको थियो ।
बर्षाले प्रभावित बनेको यो खेलमा युएईलाई ३८ ओभरमा २५५ रनको लक्ष्य दिइएको थियो ।
युएईका लागि मुहमद शहदादले सर्बाधिक ६५ रन बनाएका थिए भने खुजैमा तनवीरले ४९ रन, आकाशदीप नाथले ३६ र आर्यांश शर्माले ३३ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ३, सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिएका थिए ।
यसआघि टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिंग गर्दै शतक बनाएका थिए । त्यस्तै विनोद भण्डारीले ५६ रन बनाए भने गुलशन झाले ४४ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले ३९ रन बनाए भने अर्जुन कुमाल र आरिफ सेखले ११-११ रन बनाएका थिए । त्यस्तै युएईका बलर जुनैद सिद्धिकी र अजय कुमारले २-२ विकेट लिएका थिए ।
यो जितपछि नेपालको लिग-२ मा २३ खेलमा १६ अंक भएको छ भने युएईको २३ खेलमा १२ अंक रहेको छ । अब सिरिजको अर्को खेल आइतबार ओमान र युएईबीच हुने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
-
चिलिमे सुरुङमा उद्धारको काम तीव्र, आजै गन्तव्यमा पुग्ने लक्ष्य
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।