- सनराइजर्स हैदरावादले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।
काठमाण्डौ, १७ वैशाख । सनराइजर्स हैदरावादले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले मुम्बईलाई ६ विकेटले पराजित गरेको हो ।
मुम्बईले दिएको २४४ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।सनराइजर्सका लागि ट्राभिस हेडले सर्बाधिक ७६ रन बनाएका थिए भने हेइनरिच क्लासेनले अविजित ६५ रन बनाएका थिए । त्यस्तै अभिषेक शर्माले ४५, सालिल अरोराले अविजित ३० तथा नितिश कुमार रेड्डीले २१ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २४३ रन बनाएको थियो । मुम्बईका लागि रयान रिकेलटनले अविजित १२३ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै विल ज्याकले ४६ र कप्तान हार्दिक पाण्डेयले ३१ रन बनाएका थिए ।
यो जितपछि सनराइजर्स हैदरावादको ९ खेलमा १२ अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बईको भने यस सिजनमा यो छैटौं हार हो । मुम्बईको ८ खेलमा ४ अंक रहेको छ र हाक नवौं स्थानमा रहेको छ । आइपिएल अन्तर्गत आज गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लुम्बिनीमा अब मुख्यमन्त्री कार्यालय बाहेक ८ मन्त्रालय कायम
-
नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य
-
आइपिएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो, बैंगलुरु सबैभन्दा मुल्यवान टिम
-
आवेदन दिनेको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
-
दुई करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेका सडक इन्जिनियरविरुद्ध मुद्दा दायर
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।