- सनराइजर्स हैदरावादले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।
काठमाण्डौ, १७ वैशाख । सनराइजर्स हैदरावादले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले मुम्बईलाई ६ विकेटले पराजित गरेको हो ।
मुम्बईले दिएको २४४ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।सनराइजर्सका लागि ट्राभिस हेडले सर्बाधिक ७६ रन बनाएका थिए भने हेइनरिच क्लासेनले अविजित ६५ रन बनाएका थिए । त्यस्तै अभिषेक शर्माले ४५, सालिल अरोराले अविजित ३० तथा नितिश कुमार रेड्डीले २१ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २४३ रन बनाएको थियो । मुम्बईका लागि रयान रिकेलटनले अविजित १२३ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै विल ज्याकले ४६ र कप्तान हार्दिक पाण्डेयले ३१ रन बनाएका थिए ।
यो जितपछि सनराइजर्स हैदरावादको ९ खेलमा १२ अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बईको भने यस सिजनमा यो छैटौं हार हो । मुम्बईको ८ खेलमा ४ अंक रहेको छ र हाक नवौं स्थानमा रहेको छ । आइपिएल अन्तर्गत आज गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता, उच्च शिक्षामा सहकार्य विस्तारबारे छलफल
-
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
-
अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
-
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।