च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लिगमा आर्सनल र एटलेटिको बराबरीमा
२०८३ वैशाख १७ विहिवार
- आर्सनल र एटलेटिको म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा बराबरी खेलेका छन् ।
काठमाण्डौ, १७ वैशाख । आर्सनल र एटलेटिको म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा बराबरी खेलेका छन् ।
गएराती एटलेटिकोको घरेलु मैदानमा सम्पन्न खेलमा दुवै १-१ गोलको बराबरीमा रोकिएका हुन् । आर्सनलले खेलको ४४औं मिनेटमा भिक्टोर ग्योकेरेजको पेनाल्टी गोलको मद्दतले अग्रता लिएपनि खेलको ५६औं मिनेटमा एटलेटिकोका जुलियन अल्भारेजले पेनाल्टी मार्फत नै गोल गर्दै खेल बराबरी गरेका थिए ।
सेमिफाइनलमा दुवै टिमका लागि अब लिगको दोस्रो लिग निर्णायक हुने भएको छ । दोस्रो लिग आर्सनलको घरेलु मैदानमा मे ६ मा हुने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।