- आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुँदैछ ।
काठमाण्डौ, १६ वैशाख । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान साँढे ९ बजदेखि शुरु हुँदैछ ।
जारी सिरिजमा नेपालले पहिलो खेलमा युएईलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने ओमानले आफ्नो पहिलो खेलमा युएईसँग हार बेहोरेको छ ।
त्यस्तै लिग- २ मा हालसम्म नेपालको २१ खेलमा १४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ भने ओमानको २५ खेलमा २९ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ ।
नेपाल र ओमान एकदिवसीय क्रिकेटमा अहिलेसम्म ८ पटक आमने सामने भएका छन् । जसमा ओमानले ५ पटक र नेपालले ३ पटक जितेको छ ।
यो सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र कारण केसी रहेका छन् ।
मे ५ सम्म हुने यस सिरिजमा तिनै देशले एक अर्काविरुद्ध २-२ खेल खेल्ने तालिका रहेको छ । जस अनुसार अब मे १ मा नेपाल र युएई, मे ३ मा ओमान र युएई तथा मे ५ मा नेपाल र ओमान खेल्ने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता, उच्च शिक्षामा सहकार्य विस्तारबारे छलफल
-
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
-
अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
-
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।