एनपीएल विजेताका लागि पुरस्कार घोषणा: प्रथम हुनेले पाउनेछन १ करोड १० लाख
२०८१ पुष २ गते मंगलवार
- क्यानका अनुसार एनपीएल विजेताले एक करोड १० लाख पुरस्कार पाउनेछ।
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताका लागि पुरस्कार घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गरेर पुरस्कार घोषणा गरेको हो।
क्यानका अनुसार एनपीएल विजेताले एक करोड १० लाख पुरस्कार पाउनेछ। त्यस्तै दोस्रो हुनेले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउनेछ। क्यानले आज जारी गरेको विज्ञप्तिमा रकम राशी सहित उल्लेख गरेको छ।
यसअघि नै प्लेअफमा चार टिम पुगिसकेका छन्। जसमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स रहेका छन्। भोलि र पर्सी प्लेअफका खेल हुनेछन् भने ६ गते शनिबार फाइनल खेल हुनेछ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
-
नाना पाटेकरको अन्त्येष्टिमाथि अभिनेत्री तनुश्री दत्ताले उठाईन प्रश्न
-
बजेटप्रति असन्तुष्टि जनाउदै सुदूरपश्चिमा एमालेका सांसदले दिए राजीनामा
-
एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्मको प्रसारण लाइन सम्पन्न
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’