- जलकी देवी कमला माई भएका कारण आफ्नो पुर्खादेखि नै अहिलेसम्म कमला माईको पूजा वर्षेणी गर्दै आएका समितिका सल्लाहकार निर्गुण सहनीले बताए ।
धनुषा: धनुषाको हंसपुर नगरपालिकास्थित बघचौडा गाउँका मल्लाह जातिका व्यक्तिहरुले आफ्ना कुल देवी जलकी देवी कमला माईको पूजा विशेष श्रद्धा र आस्थाका साथ मनाएका छन् ।
प्रत्येक वर्ष फागुन महिनामा मल्लाह जातिले जलकी देवीको रुपमा पूजित कमला माईको पूजा गर्दै आएका छन् ।
सो क्रममा हंसपुर नगरपालिका वडा नम्बर २ र ३ बघचौडा निवासी मल्लाह जातिका व्यक्तिहरुले नगरपालिका कार्यालय नजिक रहेका अरहरी खोलाको किनारमा कमला माईको पूजापाठ गरेका छन् ।
कमला माई पूजा समितिद्वारा आयोजित सो पूजामा कमलामाईलाई भाकल भएकाहरुले सलामी दिनुका साथै महराई गाउनुको साथै श्रद्धालुहरुले देवता समेत खेलाएका छन् । पूजामा मल्लाह जातिसहित भाकल गरेका बघचौडा लगायत वरपर गाउँका अन्य जाति हजारौ व्यक्तिले सो पूजामा सहभागिता जनाएका छन् ।
मल्लाह समुदायका सदस्यहरू माछा पालन, माछा सिकार र माछा व्यवसायमा संलग्न छन् र आफ्नो जीवनयापनका लागि यी क्रियाकलापहरूमा निर्भर छन् । जलकी देवी कमला माई भएका कारण आफ्नो पुर्खादेखि नै अहिलेसम्म कमला माईको पूजा वर्षेणी गर्दै आएका समितिका सल्लाहकार निर्गुण सहनीले बताए ।
कमला माईको पूजाको अवसरमा, मल्लाह समुदायका सदस्यहरू फलफूल, प्रसाद, मिठाई, तसमै (खीर) र पशुपक्षीको बलि चढाएर पूजा गर्छन् । साथै, हुक्का, पिनी, रक्सी र मिथिलाञ्चलको माघे प्रसाद भनिने च्यूराको लड्डु पनि चढाइन्छ । यसरी, उनीहरूले कमला माईको आशीर्वाद प्राप्त गर्न र आफ्नो व्यवसायमा सफलता र समृद्धि सुनिश्चित गर्न चाहन्छन् ।
समितिका अर्का सल्लाहकार राजेन्द्र सहनीले हामी मल्लाह जातिलाई कमला माईले पेशा कर्म माछा मार्न नदी तलाउमा जाँदा रक्षा गर्नु हुन्छ र हाम्रो रोजगारसँग सम्बन्धित भएकाले पुर्खैदेखि हाम्रो कुलदेवीको रुपमा पूजित छन् । यो पूजामा कमला माईका साथै कोइलावीर, दयालसिंह र शिवधर पजियारलाई समेत पूजापाठ गरिन्छ । चारैजना देवी देवतालाई प्रसाद संगै खसीको बली पनि दिने गरिएको बताए ।
यस्तै साहित्यकार एवं मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष स्थानीय रामभरोस कापडिले कमला माईलाई जीवनयापनको दृष्टिकोणले चाहे त्यो मल्लाह जातिको माछा मार्ने पेशासँग होस् वा कृषिको सिँचाईका लागि पानीको पूर्ति गर्दै आएको जनविश्वासले पूजा गरिँदै आएको हो । यो जातिय पूजा भएपनि यसले संस्कृतिको जर्गेना गर्दै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।