थारु समुदायले आज गुरिया पर्व मनाउँदै

२०८३ भाद्र ०१ सोमवार
सारांश
  • थारु समुदायमा गुरिया वा गुरही पर्व साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात् नागपञ्चमीकै दिन हर्षोल्लासका साथ मनाइन्छ ।

काठमाण्डौ, ०१ भाद्र । आज थारु समुदायले गुरिया (गुरही) पर्व मनाउँदैछन् । थारु समुदायमा गुरिया वा गुरही पर्व साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात् नागपञ्चमीकै दिन हर्षोल्लासका साथ मनाइन्छ ।

 

विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरजस्ता पश्चिम नेपालका थारु बाहुल्य क्षेत्रमा यसलाई गाउँको सुरक्षा, रोगव्याधी नलागोस् भन्ने कामना र दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीकका रूपमा मनाइन्छ ।  

 

गुरही पर्व मुख्य रूपमा बालबालिकासँग जोडिएको पर्व हो । यसले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र सद्भावलाई उजागर गर्छ । पर्वका अवसरमा दिदीबहिनीले गुरिया फाल्ने र दाजुभाइले त्यसलाई लट्ठीले पिट्ने परम्परा छ । यस क्रममा बालबालिका रमाउँदै पर्व मनाउँछन् । गुरियालाई नराम्रा बानी, दुःख र कष्टको प्रतीकका रूपमा फाल्ने तथा त्यसलाई पिटेर हटाउने र आपसी माया तथा स्नेह बढाउने मान्यता रहेको छ ।

 

थारू संस्कृतिको महत्वपूर्ण हिस्साका रूपमा रहेको गुरिया पर्वको नामबाट बर्दियाको राजापुरमा एउटा चोकको नामसमेत ‘गुरिया चोक’ राखिएको छ । गुरिया वा गुरही कपडाको पुतली वा खेलौना हो । विशेषगरी छोरीको आकृति झल्किने गरी कपडा तथा घरायसी सामग्रीबाट बनाइएको आकृतिलाई गुरिया भनिन्छ । गुरही भने पातलो पखेटा भएको पुतलीजस्तै देखिने उड्ने किरा हो । कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र देउखुरी क्षेत्रमा यस किरालाई गुरही भनिन्छ भने दाङमा झिङ्गौरा र नेपाली भाषामा गाइने किरा भन्ने गरिन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार