- आज (बुधबार) बसेको प्रदेश सभाको बैठकमा उपसभामुख बबिता राउत इशरले रिक्त रहेको सभामुख पदका लागि चयन प्रक्रिया अगाडि बढाइएको जानकारी गराएकी छन् ।
जनकपुर: मधेश प्रदेश सभाको सभामुख पद चयन गर्नका लागि प्रक्रिया सुरु भएको छ ।
आज (बुधबार) बसेको प्रदेश सभाको बैठकमा उपसभामुख बबिता राउत इशरले रिक्त रहेको सभामुख पदका लागि चयन प्रक्रिया अगाडि बढाइएको जानकारी गराएकी छन् । उपसभामुख राउतले आगामी पुस ६ गत्ते आईतबार सभामुख पदका लागि निर्वाचन हुने जानकारी दिएकी छन् ।
उनले मधेश प्रदेश सभाका सचिव बासुप्रसाद कोईरालालाई सभामुखको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना पुस ५ गत्ते प्रकाशन गर्न निर्देशन समेत दिएकी छन् ।
गत मंसिर ३ गत्ते तत्कालिन सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको महाभियोग बहुमतले पारित भएदेखि सभामुखको पद रिक्त रहेको थियो ।
प्रदेश सभाको बैठक पुस ४ गत्ते शुक्रबार दिउँसो ४ बसेसम्मका लागि स्थगित भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’