- मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् ।
जनकपुरधाम : मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेश गर्न शुक्रबार ४ः०० बजेसम्मको समयसीमा दिइएको थियो।
उक्त निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेश सभा सदस्यबाट बहुमतको दाबी पेश हुन नसकेपछि प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम बाराबाट प्रतिनिधित्व गर्नुहुने संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
संवैधानिक व्यवस्था अनुसार धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले नियुक्ति भएको मितिले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।