कांग्रेसका यादवले पनि पेश गरे मधेशमा सरकार बनाउने दाबि

२०८२ असोज २९ बुधवार
सारांश
  • प्रदेश प्रमुखको कार्यालयमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार बनाउन दाबी दर्ता भएको हो ।

जनकपुरधाम : मधेश प्रदेशको मुख्यमन्त्रीमा दोस्रो दाबी पेस भएको छ । मधेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले पनि दाबी पेस गरेका हुन् । 

 

प्रदेश प्रमुखको कार्यालयमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार बनाउन दाबी दर्ता भएको हो । प्रदेश प्रमुख कार्यालयका अनुसार कांग्रेस, नेकपा एमाले र जनमत पार्टीका ५७ जना सांसदको समर्थन रहेको छ । दुवै दाबिमा जनमतको समर्थन रहेको उल्लेख रहेपछि अब प्रदेश प्रमुखले आधिकारीक पुष्टि गर्नुपर्ने अवस्था देखिएको छ । 

 

प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो ४ बजेसम्म दाबी पेस गर्न समय दिएको छ । कांग्रेस र एमाले बाहेकका दलले नयाँ गठबन्धन बनाएर लोसपाका जितेन्द्र सोनाललाई मुख्यमन्त्री बनाउने दाबि पेश गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार