- मधेसमा सरकार निर्माणका लागि ५४ सांसदको बहुमत आवश्यक छ।
जनकपुरधाम । मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ ।कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार बन्ने भएको हो। कांग्रेसले मुख्यमन्त्री सतिशकुमार सिंहको सरकारबाट आफ्नो समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनका लागि कांग्रेससहित चार दलबिच सहमति भएको छ ।
कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न कांग्रेस, एमाले, जनमत र लोसपासहित चार दलबिच सहमति भएको छ ।
सहमति अनुसार आइतबार चारै दलका बहुमत सांसदहरूले हस्ताक्षरसहित सरकार निर्माणको लागि प्रदेश प्रमुख समक्ष पेस गर्ने तयारी गरेको बताइएको छ ।
जनमतले यही २८ गते आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेका सिंहलाई फिर्ता बोलाएको थियो ।
मधेसमा सरकार निर्माणका लागि ५४ सांसदको बहुमत आवश्यक छ। प्रदेश सभामा कांग्रेसको २२, एमालेको सभामुखसहित २४ जनमतको १३, लोसपाको ८ जना सांसद छन् ।
यस बाहेक मधेश प्रदेशमा माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, जसपा नेपालका १९ तथा संघीय समाजवादी, नाउपा र राप्रपाका एक एक सांसद छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’