राप्रपा मकवानपुर क्षेत्र नं. १ को अध्यक्ष पदका लागि उमेश थापाको दावेदार
२०८२ भाद्र १८ बुधवार
- विगत दुई दशकदेखि पार्टी राजनीतिमा सक्रिय थापा हाल बागमती प्रदेश सभामुखको स्वकीय सचिवका रूपमा कार्यरत छन् । उनले सामाजिक क्षेत्रमा समेत गतिविधि गर्दै आएका छन् । खेलकुद प्रवद्र्धन, विपन्न समुदायलाई सहयोग र संघ–संस्थामा संलग्नता थापाको पृष्ठभूमिमा रहेको छ ।
हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ को भदौ २१ गते हुने क्षेत्रीय अधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्व चयनको प्रक्रिया प्रारम्भिक चरणमै चासोको विषय बनेको छ । अधिवेशनमा अध्यक्ष पदका लागि हेटौंडा–४ निवासी उमेश थापा दावेदारका रूपमा अघि आएका छन् ।
विगत दुई दशकदेखि पार्टी राजनीतिमा सक्रिय थापा हाल बागमती प्रदेश सभामुखको स्वकीय सचिवका रूपमा कार्यरत छन् । उनले सामाजिक क्षेत्रमा समेत गतिविधि गर्दै आएका छन् । खेलकुद प्रवद्र्धन, विपन्न समुदायलाई सहयोग र संघ–संस्थामा संलग्नता थापाको पृष्ठभूमिमा रहेको छ ।
२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका थापा परिचित राजनीतिक तथा सामाजिक व्यक्तित्वका रूपमा चिनिन्छन् । उनले युवालाई संगठनमा समेटेर राप्रपालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
स्थानीय राजनीतिक वृत्तमा थापाको दाबीबारे चर्चा सुरु भएको छ । अधिवेशनपछि पार्टीभित्र नेतृत्वको स्वरूपबारे स्पष्ट हुने अपेक्षा गरिएको छ ।
यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट राप्रपाका दिपक बहादुर सिंह विजयी भएका थिए । आगामी २०८४ को निर्वाचनमा उमेदवार छनोट प्रक्रियामा समेत थापाको नाम चर्चामा आउन सक्ने अनुमान गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।