बागमती प्रदेशसभा अधिवेशन ढिलागरी सुरु

२०८२ जेठ ५ सोमबार
सारांश
  • सत्तापक्ष र प्रतिपक्ष दलहरूबिच बजेट तथा संसद्को हिउँदे अधिवेशन बैठकका विषयमा समय जुट्न नसक्दा निर्धारित समयभन्दा ढिलागरी बैठक सुरु भएको हो ।

हेटौंडा : बागमती प्रदेशसभाको १६औं अधिवेशन हेटौंडामा सुरु भएको छ  । निर्धारि समयभन्दा दुई घण्टा ढिलागरी प्रदेशसभा बैठक सुरु भएको हो । बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक ढिला सुरु भएको हो । 


सत्तापक्ष र प्रतिपक्ष दलहरूबिच बजेट तथा संसद्को हिउँदे अधिवेशन बैठकका विषयमा समय जुट्न नसक्दा निर्धारित समयभन्दा ढिलागरी बैठक सुरु भएको हो । 


माग सम्बोधन नभएसम्म बैठक चल्न नसक्ने रणनीति तयार परेका प्रतिपक्ष दलहरूलाई मुख्यमन्त्री वहादुरसिंह लामाको आग्रहमा शुभकामना मन्तव्यको कार्यसूचीमा बैठक सञ्चालन गरिएको हो । 


अधिवेशन बैठक सुरु गर्न भएपनि संसद्का अन्य कार्यसूची भने अघि नबढाउने संसद् सचिवालयले जनाएको छ । सत्तापक्ष र प्रतिपक्ष दल बिचको सहमति पछि मात्र बैठकका कार्यसूची अघि बढाउने तयारी संसद्को रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार