- छलफलका क्रममा कोशी प्रदेशको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा आएका गृहमन्त्री रमेश लेखकले ३० दिनभित्र कोशी प्रदेशमा हुने तस्करी नियन्त्रणका साथै सुरक्षाको अनुभूत हुनेगरी काम गर्न निर्देशन नै दिए ।
इटहरी : गत वैशाख ३१ गते प्रदेश राजधानी विराटनगरस्थित एक होटलमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना भयो । प्रदेशका साथै १४ वटै जिल्लाका सुरक्षाका प्रतिनिधिहरूले आफ्नो वस्तुस्थितिका बारेमा प्रस्टाए ।
छलफलका क्रममा कोशी प्रदेशको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा आएका गृहमन्त्री रमेश लेखकले ३० दिनभित्र कोशी प्रदेशमा हुने तस्करी नियन्त्रणका साथै सुरक्षाको अनुभूत हुनेगरी काम गर्न निर्देशन नै दिए ।
प्रदेशको वस्तुस्थितिका आधारमा प्रत्येक वर्ष आयोजना हुने गोष्ठीमा प्रदेशको सुरक्षाका विषयमा गम्भीर छलफल हुने गर्दछ । त्यसले आगामी दिनको कार्य योजना र लक्ष तय गरी आवश्यक निर्णय लिइन्छ ।
तर, त्यहाँ हुने गरेका निर्णयहरूको कार्यान्वयनको पक्ष कमजोर बन्दा निर्णयले समेत सार्थक रूप पाउन सकिरहेको हुँदैन । अघिल्लो वर्ष आयोजना भएको कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्रीका रूपमा रवि लामिछानेले समेत आएर सम्बद्ध निकायले चोरी तस्करीका साथै अवैध गतिविधिलाई नियन्त्रण गर्नका लागि निर्देशन जारी गरेका थिए ।
त्यसको अलावा कोशी प्रदेशमा अपराधको दर वृद्धि भएको सरकारी तथ्याङ्कले नै प्रस्ट बनाएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा नै कोशी प्रदेशमा पछिल्लो १ वर्षको अवधिमा करिब साढे ९ हजार मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
१४ जिल्ला रहेको कोशीमा २०८१ वैशाखदेखि चैतसम्म ९ हजार ४ सय ६१ मुद्दा दर्ता भएका हुन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ३ सय ३५ ले बढी हो । २०८० को वैशाखदेखि चैतसम्म ९ हजार १ सय २६ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए ।
वर्षेनी अपराधको दर बढ्दै जाँदा प्रदेशको सुरक्षा चुनौती पनि उत्तिकै थपिएको जानकारहरू बताउने गर्दछन् । प्रदेशमा लागुऔषध कारोबार र सीमा क्षेत्रको अवैध तस्करी मुख्य चुनौतीका रूपमा देखिएकाको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले जानकारी दिए ।
‘साइबर क्राइमलाई समेत नयाँ चुनौतीका रूपमा बैठकले लिएको छ उनले भने, ‘प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा समेत यसलाई ख्याल गर्दै न्यूनीकरणका लागि योजनाबद्ध रूपमा काम गर्ने निर्देशन र सोही अनुसार काम हुनेछ ।’
विद्युतीय अपराधका साथै, नागरिकलाई प्रदान गर्ने सुशासनलाई समेत केन्द्रमा राखेर काम गर्ने उनको भनाई रहेको छ । जानकारहरूले समेत खासगरी लागुऔषधको न्यूनीकरणमा गम्भीर रूपमा नलागे थप विकराल स्थिति आइरहेको बताउने गरेका छन् ।
लागुऔषध कारोबारीले दिइरहेको चुनौती
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नै गत फागुन २८ गते सुनसरीको इटहरीस्थित ‘अबको युद्ध, दुव्र्यसन विरुद्ध’ कार्यक्रममा मानिसहरू पहाडबाट तराई बसाइसराइ गरेजस्तै दुव्र्यसन तराईबाट पहाड तथा हिमाली भेगतर्फ सरिरहेको उल्लेख गरे ।
उनले त्यस बखत भने,‘पहिले धरान र पोखरा मा धेरै दुव्र्यसन भएको सुन्ने गर्दथ्यौँ । अहिले तराईका सबै जिल्लामा भयावह अवस्था छ । बिस्तारै यो हाम्रो हिमाली भेगतर्फ सरिरहेको छ ।’
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दाहालका अनुसार पनि विगतको वर्षमा लागुऔषधका १ हजार १ सय ५ मुद्दा प्रहरीमा दर्ता भएका छन् । प्रहरी प्रवक्ता दाहाल लागुऔषधविरुद्ध प्रहरी निर्मम बनिरहेको बताउँछन् । ‘लागुऔषध बरामद र त्यससँग सम्बन्धित व्यक्ति पक्राउको नतिजाले नै प्रहरी कडा रूपमा प्रस्तुत भएको प्रस्ट हुन्छ,’ उनले भने, ‘लागुऔषध कारोबारीलाई गोली हानेर भए पनि नियन्त्रणमा लिने प्रहरीको रणनीति छ ।’
र्कोतर्फ सरकारले समेत चालेका अभियानहरूले पनि लागूऔषधको नियन्त्रणका लागि कुनै टेवा दिइरहेको देखिएको छैन । कोशी प्रदेश सरकारले नै लागुऔषध नियन्त्रणका लागि सारेको ‘म अघि बढ्छु’, ‘हामी स्वयंसेवी’ का साथै ‘अवको युद्ध दुव्र्यसनी विरुद्ध’ जस्ता कार्यक्रहरुले समेत अपेक्षित उपलब्धि हासिल हुन सकिरहेको छैन । यसका अलावा प्रहरी तथा स्थानीय निकाय तथा सामाजिक संघ संस्थाहरूले समेत यस्ता अभियान चलाइरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।