जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका एघार पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित
२०८२ बैशाख १४ आइतबार
- कोशी प्रदेशअन्तर्गतका ९ गाउँ समिति र २ नगर समिति गरी ११ पालिका समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको प्रचार विभागले जानकारी दिएको छ ।
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको नगर र गाउँ समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ ।
कोशी प्रदेशअन्तर्गतका ९ गाउँ समिति र २ नगर समिति गरी ११ पालिका समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको प्रचार विभागले जानकारी दिएको छ ।
ओखलढुंगा जिल्लाको, मानेभञ्ज्याङ गाउँपालिकाको अधिवेशनबाट शेरबहादुर राईको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति निर्वाचित भएको छ । प्रकाश राईको अध्यक्षतामा चिसङ्खुगढी गाउँपालिका र कुसाङ शेर्पाको अध्यक्षतामा २१ सदस्यीय खिजिदेम्बा गाउँ समिति निर्वाचित भएको छ ।
यसैगरी नरेश राईको अध्यक्षतामा २८ सदस्यीय भोजपुरको हतुवागढी गाउँ समिति र केबी चेम्जोङको अध्यक्षतामा २४ सदस्यीय पाँचथरको फाल्गुनन्द गाउँ समिति निर्वाचित भएको बताइएको छ ।
अग्नी कुलुङको अध्यक्षतामा १५ सदस्यीय सोलुखुम्बुको महाकुलुङ गाउँ समिति निर्वाचित भएको छ । योगेन्द साम्पाङ राईको अध्यक्षतामा धनकुटाको सहिदभूमि गाउँ समितिको नयाँ नेतृत्व निर्वाचित भएको छ ।
मोरङको जहदा गाउँपालिका र बुढीगंगा गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र सुनसरीको इनरुवा नगर अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।