नेपाल–भारतको मित्रता प्रगाढ बनाउन विहार तयार : मन्त्री गुप्ता
२०८२ बैशाख १३ शनिबार
- शनिबार धनुषा आयोजित जनकपुरधाम नगर समिति र युवा समितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले नेपालको विकासका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सदैव सकारात्मक रहेको बताए ।
जनकपुर : भारतको विहार राज्यका क्याविनेट मन्त्री केदार प्रसाद गुप्ताले नेपाल र भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन विहार सरकार सदैव तत्पर रहेको बताएका छन् ।
शनिबार धनुषा आयोजित जनकपुरधाम नगर समिति र युवा समितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले नेपालको विकासका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सदैव सकारात्मक रहेको बताए ।
उनले विहारका मुख्यमन्त्री नितीस कुमारले पनि नेपालको विकासका लागि यहाँका नेताहरुसंग निरन्तर वार्ता गर्ने गरेको जानकारी दिए । उनले समाजको आर्थिक, राजनितिक, समाजिक र शैक्षिक उत्थानका लागि सबै जना संगठित हुनु आजको आवश्यकता रहेको उल्लेख गर्दै उनले सम्पूर्ण जातजाती, भाषा भाषीलाई एकजुट भएर विकासोन्मुख राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।
उनले नेपाल र भारतको विकास एक अर्काविना सम्भव नहुने जनाउँदै दुवै देशका सरकारलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
मन्त्री गुप्ताले नेपाल अहिले पनि संसारमै एक मात्र हिन्दू राष्ट्र भनेर चिनिने गरेको बताए । उनले नेपालको यस पवित्र भूमिमा आफू आएकोमा गर्व महसुस गरेको उल्लेख गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १९१ जना घाइते
-
अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी
-
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत, कृषि उत्पादनमा ७.८ प्रतिशतले गिरावट
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’