- जसले नेपाल र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन, अन्तरराष्ट्रिय सम्बन्ध विस्तार तथा कला, संस्कृति र सभ्यताको अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउने आयोजकको भनाइ छ ।
धरान (सुनसरी), २३ फागुन : इटहरीमा आजदेखि तीन दिने अन्तरराष्ट्रिय नाट्य महोत्सव सुरु भएको छ ।
एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटीद्वारा सर्वनाम थिएटरको सहकार्यमा इटहरीको म्याट्रिक्स हलमा कोशी प्रदेशको पर्यटन वर्ष–२०८१ को अवसरमा अन्तरराष्ट्रिय नाट्य महोत्सव–२०२५ सुरु भएको संयोजक म्याट्रिक्स इटहरीका अध्यक्ष विक्रमश्रीले बताए ।
महोत्सवमा विविध नाटक प्रदर्शन, कार्यशालाका साथै सांस्कृतिक आदानप्रदान गरिने जनाइएको छ । जसले नेपाल र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन, अन्तरराष्ट्रिय सम्बन्ध विस्तार तथा कला, संस्कृति र सभ्यताको अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउने आयोजकको भनाइ छ ।
उक्त महोत्सवमा कोरिया, बेलायत, चीनलगायत १३ मुलुकका २० नाट्य संस्थाका ४४ बढी विदेशी रङ्गकर्मी, संस्कृतिकर्मी र कलाकारको सहभागिता छ ।
महोत्सव एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटी, हङकङ र सर्वनाम थिएटर, काठमाडौँको सहकार्यमा स्थानीय मूल संयोजन इटहरी म्याट्रिक्स र आरम्भ नाट्य डबलीको रहेको इटहरी म्याट्रिक्सका अध्यक्ष विक्रमश्रीले बताए ।
महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र इटहरी म्याट्रिक्सका अध्यक्ष विक्रमश्रीले गरेका थिए । सोही अवसरमा रङ्गकर्मीहरु लेखनाथ चण्डीका निरौला, लोकबहादुर तामाङ, विष्णु डांगीलगायतलाई सम्मान गरिएको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, प्रदेश सभा सदस्य मीना श्रेष्ठ, इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेललगायत रङ्गकर्मीहरुको सहभागिता रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।