‘एक घर, एक धारा अभियानले खानेपानीमा पहुँच सुनिश्चित’
२०८१ माघ १७ गते विहिवार
- १५ लाख सात हजार छ सय ६३ उपभोक्ता शुद्ध खानेपानीको पहुँचमा पुगेको जनाइएको छ ।
देउखुरी (दाङ), १७ माघः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धारा अभियानले उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन्।
भालुवाङमा आज आयोजित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्णायक तहमा महिलाको भूमिका बिषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उक्त अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका हुन् ।
लुम्बिनी प्रदेशमा ९२ प्रतिशत उपभोक्ताको पहुँचमा खानेपानी पुगेको उहाँले जानकारी दिए । उनले भने “आधारभुत पानी मात्रै होइन, स्वच्छ पानी पु¥याउने सरकारको सङ्कल्प छ ।”
लुम्बिनी प्रदेशमा साना तथा ठूला गरेर तीन हजार एक सय ७० खानेपानी आयोजना सञ्चालनमा छन् । १५ लाख सात हजार छ सय ६३ उपभोक्ता शुद्ध खानेपानीको पहुँचमा पुगेको जनाइएको छ । दुई लाख ३७ हजार तीन सय ४८ धारा वितरण भएका छन् । चालु आर्थिक बर्षमा एक हजार तीन सय ९० आयोजना सञ्चालनमा छन् । जसका लागि एक अर्ब ५६ करोड ३३ लाख बजेट विनियोजन भएको छ ।
अघिल्लो सरकारको पालामा सुरु भएका तर, ८० प्रतिशत काम सम्पन्न भएर पनि पानी वितरण हुन नसकेका एक सय ५६ वटा योजना यस बर्ष सम्पन्न भई पानी वितरण गर्ने योजना प्रदेश सरकारको छ ।
यी आयोजना सम्पन्न भएमा सात लाख सात हजार थप उपभोक्तालाई पानीको सुविधा पुग्ने आँकलन गरिएको छ । आगामी बर्ष ६० देखि ८० प्रतिशतसम्म काम सम्पन्न भएका योजनामा बजेट थप गरेर सम्पन्न गरिने मुख्यमन्त्री आचार्यले जानकारी दिए । “जहाँ हात हाल्छौँ त्यहाँ सफलता प्राप्त हुन जरुरी छ । अधुरा आयोजनालाई पुरा गर्नेगरी सरकारले रणनीति बनाएको छ”, उनले भने, “संविधानले प्रदत्त गरेको खानेपानीको अधिकारलाई पुरा गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।”
मुख्यमन्त्री आचार्यले खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा महिलाको सहभागिता सुनिश्चित भएपनि त्यसलाई अर्थपूर्ण बनाउन भूमिका बढाउनुपर्नेमा जोड दिए । शहरी क्षेत्रका खानेपानी संस्थामा महिलाको सहभागिता अर्थपूर्ण देखिएपनि ग्रामीण क्षेत्रका संस्थामा सहभागिता मात्रै रहेको उनको भनाइ छ । ग्रामीण क्षेत्रका संस्थामा पनि सशक्तिकरणलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।