- प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्न पाउने छन् ।
रुपन्देही: लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आज बस्ने भएको छ।
आइतबार दिउँसो १ बजे बस्ने बैठकमा पाँचौँ अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्न पाउने छन् ।
त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्थाका लागि तयार विधेयकमाथि सैद्धान्तिक छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्।
सचिवालयका अनुसार छलफलका क्रममा उठेका प्रश्नहरूको उत्तर पनि मन्त्री कार्कीले दिने कार्यसूची रहेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
-
अर्थमन्त्री डा. वाग्ले आज बैंकक जाँदै
-
मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ
-
स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
-
ममाथि हुने छानबिनको लागि सघाउन तयार छु- खगेन्द्र सुनुवार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’