दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने
१२ मार्ग, २०८३
- प्रतियोगितालाई लक्षित गरी आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदलाई सबै भूगोल र समुदायको उत्सव बनाउनुपर्ने बताए ।
सुर्खेत: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने भएका छन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी १६ गते हुने उद्घाटन समारोहमा प्रधानमन्त्री शाह सहभागी हुने जानकारी दिएका हुन् ।
प्रतियोगितालाई लक्षित गरी आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदलाई सबै भूगोल र समुदायको उत्सव बनाउनुपर्ने बताए ।
उनले राष्ट्रिय खेलकुद काठमाडौंमा मात्र सीमित नराखी कर्णालीका विभिन्न जिल्लासम्म विस्तार गर्नु सकारात्मक भएको उल्लेख गरे । सुर्खेतबाहेक जुम्लामा पनि खेल आयोजना गर्नु विकेन्द्रीकरणको अभ्यास भएको उनको भनाइ थियो ।
राष्ट्रिय खेलकुदलाई कुनै एक सहर वा जिल्लामा सीमित नराखी देशभरका नागरिकको अपनत्व हुने गरी आयोजना गर्नुपर्नेमा उनले जोड दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने
-
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने
-
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड
-
‘इनम प्रकरण’ मा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ- विश्वप्रकाश शर्मा
-
सानेपाको विवादमा देउवा समूहको जवाफ– कांग्रेसको नाममा महाधिवेशन रोक्न कसैलाई अधिकार छैन
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।