मोहनबहादुर बस्नेतले गरे देउवा समुहको महामन्त्रीमा उम्मेदवारी घोषणा

१२ मार्ग, २०८३
सारांश
  • पूर्वमन्त्री मोहनबहादुर बस्नेतले काँग्रेस शेरबहादुर देउवा समुहको महाधिवेशनमा पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौं : पूर्वमन्त्री मोहनबहादुर बस्नेतले काँग्रेस शेरबहादुर देउवा समुहको महाधिवेशनमा पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

 

महाधिवेशनलाई लक्षित गर्दै बस्नेतले वरिष्ठ पत्रकारहरूसँगको भेटघाटका क्रममा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

 

पार्टीको आगामी महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारीस्वरूप उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

 

देउवा समुहले यहि मंसिर २१, २२ र २३ गते हुने पार्टीको महाधिवेशन गर्दैछ । महाधिवेशनको दिन नजिक आउदै जादा नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । देउवा समुहको सभापतिमा भने शशांक कोइराला र विमलेन्द्र निधिले इच्छा व्यक्त गरेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार