महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह

९ मार्ग, २०८३
सारांश
  • महिला हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले महिलालाई सम्मान, सुरक्षा, स्वतन्त्रता र समान अवसरसहित जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताए ।

काठमाडौं: उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र अन्याय अन्त्य गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

 

महिला हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले महिलालाई सम्मान, सुरक्षा, स्वतन्त्रता र समान अवसरसहित जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताए ।

उनले कुनै पनि राष्ट्रको प्रगति त्यतिबेला मात्र दिगो र अर्थपूर्ण हुने उल्लेख गर्दै महिलाले भयमुक्त वातावरणमा आफ्ना क्षमता, प्रतिभा र सम्भावनालाई पूर्ण रूपमा विकास गर्न पाउने अवस्था सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

 

महिला परिवारको आधारस्तम्भ मात्र नभई सामाजिक परिवर्तन, आर्थिक समृद्धि, लोकतान्त्रिक सुदृढीकरण तथा राष्ट्र निर्माणका महत्वपूर्ण संवाहक भएको उनको भनाइ छ । महिलाविरुद्ध हुने हिंसा मानवअधिकारको उल्लङ्घन मात्र नभई सभ्य समाजको विकासमा अवरोध पु¥याउने गम्भीर सामाजिक चुनौती भएको उनले बताए ।

 

नेपालले संविधान, कानुन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतामार्फत लैङ्गिक समानता र महिला अधिकार सुनिश्चित गर्ने अठोट व्यक्त गरे पनि सामाजिक पूर्वाग्रह, हानिकारक परम्परा, आर्थिक निर्भरता, शक्ति असन्तुलन र चेतनाको अभावका कारण महिलामाथि हिंसा तथा दुव्र्यवहारका घटना भइरहनु चिन्ताजनक रहेको उपराष्ट्रपति यादवले उल्लेख गरे ।

 

उनले यस्ता चुनौती समाधानका लागि कानुनी व्यवस्थासँगै परिवार, विद्यालय, समुदाय, सञ्चारमाध्यम तथा सार्वजनिक संस्थाहरूको साझा जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

महिला सशक्तीकरणका लागि शिक्षा, सीप, नेतृत्व विकास र आर्थिक स्वावलम्बनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले महिलालाई निर्णय प्रक्रियामा समान अवसर र सम्मानजनक सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।

 

दिवसले हिंसाप्रति शून्य सहनशीलताको संस्कृति विकास गर्दै पारस्परिक सम्मान, मानव मर्यादा र समान अवसरमा आधारित सामाजिक चेतना विस्तार गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे । उपराष्ट्रपति यादवले प्रत्येक घर, समुदाय र कार्यस्थल महिलाका लागि सुरक्षित, समावेशी र उत्साहवद्र्धक बनाउन सबैलाई साझा प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार