प्रधानमन्त्री शाहको लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न आह्वान
९ मार्ग, २०८३
- प्रधानमन्त्री बालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवातका अवसरमा सन्देश जारी गर्दै उनले लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै उनले डिजिटल माध्यमबाट हुने हिंसालाई पनि चुनौतीका रूपमा औँल्याएका छन् ।
प्रधानमन्त्री शाहले हिंसा रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्न कानुनको प्रभावकारी कार्यान्वयन तथा तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन् ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियान यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नाराका साथ सुरु भएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानीकर्तालाई थप भार नपर्ने गरी पुँजी बढाउने लगानी कोषको तयारी
-
चार महिनामा व्यापार घाटा ६६ खर्ब ८९ अर्ब, आयात-निर्यात दुवै बढ्यो
-
निर्वाचन आयोगले गर्यो गगन नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक
-
ग्यासको आयात, भण्डारण र वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न निगमको निर्देशन
-
आमसञ्चार र प्रेस काउन्सिल विधेयकमा कानुनी सुधार हुँदैछ : सञ्चारमन्त्री
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।