चार महिनामा व्यापार घाटा ६६ खर्ब ८९ अर्ब, आयात-निर्यात दुवै बढ्यो
९ मार्ग, २०८३
- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापारमा ३३.३३ प्रतिशतले वृद्धि भएको छ ।
काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापारमा ३३.३३ प्रतिशतले वृद्धि भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा नेपालको कुल वैदेशिक व्यापार ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो । यस वर्ष कुल वैदेशिक व्यापारमा २ खर्ब ३४ अर्ब २९ करोड रुपैयाँले वृद्धि भएको देखिएको छ ।
समीक्षा अवधिमा वस्तु आयात ३१.७७ प्रतिशतले बढेर ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।
त्यस्तै, वस्तु निर्यातमा भने आयातको तुलनामा बढी वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा निर्यात ४३.४८ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ९३ अर्ब ४९ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।
निर्यातमा उल्लेख्य वृद्धि भए पनि नेपालको व्यापार घाटा भने घट्न सकेको छैन । समीक्षा अवधिमा व्यापार घाटा २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।
तथ्यांकअनुसार नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशतमा झरेको छ । यसैगरी निर्यातको हिस्सा १३.३० प्रतिशतबाट बढेर १४.३१ प्रतिशत पुगेको छ ।
आयात र निर्यातको अनुपातसमेत गत वर्षको ६.५२ बाट घटेर ५.९९ मा झरेको छ । यसको अर्थ गत वर्षको तुलनामा यस वर्ष निर्यातको वृद्धि आयातभन्दा बढी रहे पनि निर्यातको तुलनामा आयातको आकार ठूलो भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानीकर्तालाई थप भार नपर्ने गरी पुँजी बढाउने लगानी कोषको तयारी
-
चार महिनामा व्यापार घाटा ६६ खर्ब ८९ अर्ब, आयात-निर्यात दुवै बढ्यो
-
निर्वाचन आयोगले गर्यो गगन नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक
-
ग्यासको आयात, भण्डारण र वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न निगमको निर्देशन
-
आमसञ्चार र प्रेस काउन्सिल विधेयकमा कानुनी सुधार हुँदैछ : सञ्चारमन्त्री
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।