निर्वाचन आयोगले गर्‍यो गगन नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक

९ मार्ग, २०८३
सारांश
  • निर्वाचन आयोगले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट आएको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको छ।

काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट आएको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको छ।

 

आज अद्यावधिक गरेर आफूहरूले पत्र दिएको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले बताए।

 

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा भएको थियो। विशेष महाधिवेशनबाट आएको गगन नेतृत्वको कार्यसमितिले गरेको १५ औँ महाधिवेशनलाई नै आयोगले स्वीकार गरेको हो।

 

पूर्वसभापति शेरबहादुर देउवा समूहले आफूहरूले मंसिर २१ गते महाधिवेशन गर्ने भन्दै आयोगमा कार्यतालिकासहितको पत्र बुझाएको थियो। तर, आयोगले गगनलाई नै मान्यता दिने यसअघिको निर्णयको निरन्तरता दिएको छ।

 

यद्यपि, कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार