- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको नेतृत्वमा आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पाँच पटक भेट गरिसकेको खुलासा गरेका छन्।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको नेतृत्वमा आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पाँच पटक भेट गरिसकेको खुलासा गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले सभापति भएपछि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट हुनु स्वाभाविक भएको बताएका हुन्।
उनले आफूले ओलीसँग हालसम्म पाँच पटक भेट गरिसकेको र पछिल्लो भेट पाँचौँ भएको जानकारी दिए।
‘मैले कांग्रेसको सभापति भइसकेपछि केपी ओलीलाई पाँच चोटि भेटेको छु। अस्ति मैले पाँचौँ पटक भेटेँ,’ थापाले भने।
उनले कांग्रेस सभापतिको हैसियतमा एमाले अध्यक्ष, माओवादी अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग भेटघाट तथा छलफल हुनु स्वाभाविक रहेको बताए।
प्रधानमन्त्रीसँग भने भेटघाट नभएको उल्लेख गर्दै उनले अन्य राजनीतिक दलका शीर्ष नेताहरूसँग नियमित संवाद र छलफल हुने स्पष्ट पारे।
थापाले प्रदेश सरकारको विषयमा दलहरूबीच छलफल हुनु पनि स्वाभाविक भएको बताए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पोखरा विमानस्थल चलाउन दैनिक ३० उडान र १५ लाख यात्रु आवश्यक : बिरेन्द्र बस्नेत
-
अमेरिकासँग वार्ता गर्न इरानका सात सर्त फेरि अघि
-
हिमाली औषधीय वनस्पति र च्याउको संरक्षण तथा व्यापारमा क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री चौधरी
-
भारत भ्रमणमा दीर्घकालीन हितका विषयमा के भयो, प्रधानमन्त्रीले जनतालाई बताउनुपर्छ : गगन थापा
-
सभापति बनेपछि ओलीसँग पाँचपटक भेट भएको गगन थापाको खुलासा
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।