हिमाली औषधीय वनस्पति र च्याउको संरक्षण तथा व्यापारमा क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री चौधरी

८ मार्ग, २०८३
सारांश
  • हिमाली जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक समृद्धि सुनिश्चित गर्न छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

काठमाडौँ: कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले हिमाली क्षेत्रमा पाइने जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ (फङ्गी) को संरक्षण, दिगो उपयोग र व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताइन्।

 

हिमाली जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक समृद्धि सुनिश्चित गर्न छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

 

काठमाडौँमा आयोजित ‘जङ्गली हिमाली औषधीय तथा सुगन्धित वनस्पति र च्याउसम्बन्धी क्षेत्रीय सहकार्य’ विषयक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले हिमालय पर्वत शृङ्खला केवल पहाडको समूह मात्र नभई जीवन, पहिचान र समृद्धिको साझा आधार भएको उल्लेख गरिन्।

उनले हिमाली वन तथा प्राकृतिक भू-दृश्यले नदी प्रणालीको संरक्षण, जैविक विविधताको निरन्तरता र लाखौँ मानिसको जीविकोपार्जनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताइन्। जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ हिमाली समुदायका लागि आयआर्जन, सम्मान र आशाका आधारसमेत रहेको उल्लेख गर्दै उनले यस्ता प्राकृतिक स्रोतको दिगो उपयोगबाट हरित तथा न्यायपूर्ण अर्थतन्त्र निर्माण गर्न सकिने धारणा राखिन्।

 

मन्त्री चौधरीले हिमाली क्षेत्रको संरक्षण र दिगो उपयोगका लागि भावी पुस्ताका निम्ति साझा प्राकृतिक सम्पदाको सुरक्षा, महिला, युवा, आदिवासी जनजाति तथा स्थानीय समुदायका लागि न्यायोचित आर्थिक अवसरको सुनिश्चितता र पारदर्शी एवं कानुनसम्मत क्षेत्रीय अर्थतन्त्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताइन्।

 

प्राकृतिक स्रोतको मूल्य अभिवृद्धि सम्भव भएसम्म स्रोत रहेकै क्षेत्रमा गर्नुपर्नेमा जोड दिँदै उनले त्यसबाट प्राप्त लाभको न्यायोचित वितरण सुनिश्चित गर्नुपर्ने बताइन्। संरक्षणका प्रयासलाई स्थानीय समुदायको आर्थिक समृद्धिसँग प्रत्यक्ष रूपमा जोड्नुपर्ने उनको धारणा थियो।

 

हिमाली जैविक विविधताको संरक्षण वातावरणीय मुद्दामा मात्र सीमित नरहेको उल्लेख गर्दै मन्त्री चौधरीले यसलाई क्षेत्रीय एकता, जलवायु उत्थानशीलता, समावेशी विकास र आपसी विश्वाससँग जोडेर अघि बढाउनुपर्ने बताइन्।

 

जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय तथा अव्यवस्थित व्यापारजस्ता चुनौती हिमाली मुलुकहरूले एक्लाएक्लै समाधान गर्न नसक्ने उनको भनाइ थियो। राष्ट्रिय सार्वभौमसत्ता, घरेलु कानुन र राष्ट्रिय प्राथमिकताको सम्मान गर्दै साझा चुनौती समाधानका लागि क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिइन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार